जनताको प्रतिकार पछि काग्रेको चुनावी सभा हुँन सकेन


जाजरकोट । नेपाली कांग्रेसका स्थानीय कार्यक्रताले कार्तिक ३० गते मनघाटमा वामगठवन्धनको कार्यक्रममा बाजा बजाएको भन्दै दमाई माथि कुटपिट गरेको आरोप लगाउँदै यहाँका स्थानीयले आज नेपाली काँग्रेस उम्मेदवार सहितको प्रचार टोलीलाई चुनावी सभा गर्न नदिएको वताएका छन् । जिल्लाको छेडागाड नगरपालिका–१२ र १३ का स्थानीयले काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजिव विक्रम शाह र उनको प्रचार टोलीलाई कार्यक्रम गर्न नदिएको हो ।
त्यस्तै प्रदेश सभा (ख) का उम्मेदवार दिपकजंग शाहलाई पनि स्थानीयले गाउँमा कार्यक्रम गर्न नदिएको वताएका छन् । बाम गठबन्धनको कार्यक्रममा बाजा बजाएको आरोपमा कांग्रेसका स्थानीय कार्यक्रताले घरभित्रै गएर दलित माथि कुटपिट गरेपटि आक्रोषित भएका स्थानीयले कार्यक्रम गर्न नदिएको स्थानीय बिरेन्द्र रोकायले बताउनुभयो ।
चुनावी प्रचार प्रशार तथा घरदैलो गर्न कार्कीगाउँ पुगेका उनिहरुलाई स्थानियले गाउँमा कुनै कार्यक्रम गर्न नदिई नाराबाजी गर्दै विस्थापित वनाएका थिए । दलितमाथि कुटपिट गर्ने कार्यकर्तालाई गाउँ प्रवेश गर्नै नदिने उनिहरुले बताएका छन् । गत कार्तिक ३० गते बाम गठबन्धनको कार्यक्रममा यहाँका स्थानिय कले दमाइको टोलीले बाजा बजाएका थिए । उक्त कार्यक्रममा बाजा बजाएको भन्दै काँग्रेसका कार्यकर्ताले शुक्रबार घरमै गई कले दमाई, पृथि दमाई, मन्दरी दमाईलाई कुटपिट गरेका थिए । आक्रोसित स्थानीयले उनिहरुलाई विस्थापित गराएर काँग्रेसको कार्यक्रम स्थलमै विरोध कार्यक्रम गरेको रोकायले वताउनुभयो ।
दलित माथि भएको कुटपिटको भिडियो हेर्नुहोस ।










