आमा छोराको भीरमा लडेर मृत्यू

जाजरकोटक ः जुम्लावाट जाजरकोट वारेकोट गाउँपालिका वडा ३ स्थित घर आउँदै गर्दा वुधवार विहान आमा छोराको मृत्यू भएको छ ।
जुम्लाको टोप्लावाट वारेकोट गाउँपालिका वडा ३ पारामुलसाम घरमा फर्कने क्रममा मुलसामको लेखमा ३५ वर्षीय आमा पशुपती शाही र उहाँका ११ वर्षीय छोरा दिपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यू भएको हो । जुम्ला जाँन र आउन मुलसामको लेख प्रयोग गरिन्छ । विहान र वेलुका मात्र यो वाटो हिड्ने गरिन्छ भने दिउँसो हावाहुरीले हिड्न मिल्दैन ।
लेकमा वाटो निर्माण नहुँदा वर्षेनी यस ठाउँमा अकालमै मानिसको मृत्यू हुँने गर्दछ ।










