प्रहरीको एआइजी बढुवाविरुद्ध वाम गठबन्धन, निर्वाचन आयोगमा उजुरी

काठमाडौं– सरकारले गत सोमबार मात्र नेपाल प्रहरीका चार डीआइजीलाई एआइजी बढुवा सिफारिस गरेपछि एमाले– माओवादी सम्मिलित वाम गठबन्धनले आपत्ति जनाएको छ। साथै, उसले सरकारको उक्त निर्णयविरुद्ध निर्वाचन आयोगमा उजुरी समेत दर्ता गरेको छ।

 

 

 

 

बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो जानकारी दिएका हुन्।

 

 

पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकारले हालै आचारसंहिता विपरित गरेका सरुवा, बढुवा तथा सम्झौताकाविरुद्ध बुधबार निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ।’

 

 

 

नेपाल प्रहरीको एआइजी बढुवा र वुढीगण्डकी सम्झौताका विषयमा आचार संहिता उल्लंघन भएको र यस विषयमा निर्वाचनआयोगको ध्यानाकर्षण गराएको उनले जानकारी दिए।

 

 

 

एमाले अध्यक्ष ओलीले काम चलाउ सरकारले निर्वाचन आचार संहिता विपरितका कामहरु गरि रहेको आरोप लगाउदै सरकारलाई त्यसो नगर्न सचेत गराए




सम्बन्धित समाचार


error: Content is protected !!