वामको जिल्ला वनाउन घोषण पत्र , कांग्रेसको भाषण मात्रै

हेमन्त के सी
जाजरकोट , सदरमुकाम  देखि गाउँ सम्म चुनावको गतिविधीले रैनकता ल्याएको छ । आशन्न मंसिर १० गते हुँन गईरहेको प्रदेश सभा र प्रतिनिधी सभाको चुनावलाई लक्षित गरि यहाँका दल र तीनका उम्मेदवारहरु अहिले गाउँ देखि सदरमुकाम सम्म प्रचारप्रसारमा छन् ।
चुनावमा वाम गठवन्धन र नेपाली कांगे्रस को प्रचार र चुनावी सभा गाउँ गाउँमा वढी भएका देखिन्छन् । चुनावी एजेण्डाहरु सवै उम्मेदवारका एकै खालका रहेका छन् । वामगठवन्धका चुनावी एजेण्डा लिखित छन् भने नेपाली कांगे्रसका उम्मेदवारका अलिखित रहेका छन् ।
वामगठवन्धन र नेपाली कांग्रेसका उम्मेदवारहरुका एकै खालका एजेण्डाले गर्दा यहाँका स्थानीयवासीहरु कसको को उम्मेदवारको पहुँच कति छ केन्द्रमा भनेर हिसाव गर्न थालेका छन् । वामगठवन्धलेका उम्मेदवार तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले अन्तराष्ट्रिय पुलको रुपमा भेरीकरिडोर राजमार्गको विकास गरि भारतको रोपैडिहा देखि तिव्वत जोड्ने , लुम्विनी वौद्ध स्थल , दाङ्घ नेपालगन्ज देखि कर्णाली रारा सम्म पुग्ने मुल ढोकाका रुपमा रहेको चाखुरे सुरुङ्घ मार्ग निर्माण गर्ने महत्वकाङक्षी योजना देखि स्थानीय विकास निर्माणका कार्यहरु निर्माण गर्ने चुनावी मुद्धा वनाएको छ । त्यस्तै जिल्लाको पर्यटन संग जोडिएको कुशेमुसे , चाखुरे , ठाकुरजी गाध, नदाईडाप, पदमार्ग निर्माणका साथैँ ताल संरक्षण भ्यू टावर तथा हिम चिप्लेटीको निर्माणमा जोड दिईएको छ । धार्मिक पर्यटन तर्फ धार्मिक ,संस्कृतिक ,जैविक सम्पदा लाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गरिएको छ । जिल्लाका दुई ठाउँ दल्ली र थलहमा प्राविधिक शिक्षालय निर्माण गरि जिल्लामै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिईएको छ । महिला स्वयमिसेविकालाई जीवन निवाह हुँने गरि मासिक भत्ताको व्यवस्था गर्ने लगाएतका चुनावी मुद्धाहरु उठाएको छ ।
जलविद्युत तर्फ निर्माधिन नलगाड जलविद्युत परियोजना सम्पन्न गदै भेरी ,मजकोट खोला , छेडागाड लगाएका साना, ठुला सवै विद्युत निर्माण गरि जाजरकोट उज्यालो वनाउने लक्ष्य राखिएको छ । जिल्लाका सवै ठाउँमा सडक सञ्जाल ले जोडेर सवै आम नागरिकलाई सुविधा पुरयाउने लक्ष्य राखिएको छ ।
यत्ता नेपाली कांग्रेसवाट प्रतिनिधी सभाका उम्मेदवार राजिवविक्रम शाह , प्रदेशसभा सदस्याका उम्मेदवार क वेदराज सिंह र ख का उम्मेदवार दिपकजंग शाहले व्यक्तिगत प्रतिवद्धता पत्र सार्वजानिक गनुभएको छैन् । उहाँहरुले चुनाव भाषणमा विदेश जाने यूवहरुलाई रोकेर स्वदेशमै स्वरोजगार सिर्जना गरि जिल्लाको विकास गर्ने , वढ्दो भ्रष्टाचार न्यूनिकारण गर्ने , राष्ट्रिय स्तरका आयोजना निर्माणका लागि दववा दिने लगाएतका चुनावी एजेण्डा उठाउनुभएको छ । प्रदेश सभा सदस्या क का उम्मेदवार वेदराज सिंहले अहिले महत्वकाक्षी एजेण्डा उठाउने पछि पुरा गर्न नसकेकामा जनताले नपत्यउने भएकाले व्यक्तितग प्रतिवद्धता पत्र सार्वजानिक नगरेको वताउनुभयो । नेपाली कांग्रेसले केन्दीय स्तरवाट सार्वजानिक गरेको घोषणा पत्र नै हाम्रो संवृद्धीको योजना भएकाले छुटै जिल्लाको वनाउनु नपर्ने वताउनुभयो । सिंहले भनेजस्तै प्रतिनिधी सभा सदस्याका उम्मेदवार राजिवविक्रम शाहले पनि व्यक्तिगत प्रतिवद्धता पत्र सार्वजानिक गनुभएको छैन् । वाम गठवन्धनको तर्फवाट प्रतिनिधी सभा सदस्याका उम्मेदवार शक्तिवहादुर वस्नेत , प्रदेश सभा सदस्या क का उम्मेदवार गणेसप्रसाद सिंह , ख का उम्मेदवार करवीर शाही ले साझा एजेण्डा उठाउदै आफ्नो प्रतिवद्धता पत्र सार्वजानिक गनुभएको छ । स्थानीयहरुले जाजरकोटको समग्र विकासका लागि चाहिने व्यक्तित्वको खोजीरहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले वताउनुभयो । राज्यका विभिन्न निकायको पहुँच र स्थायित्वको खोजी जिल्ला वासीले गरिहेको शाहको भनाई छ ।
वामगठवन्धले दुई भागमा चुनावी सभा गदै आएको छ भने नेपाली कांग्रेस का उम्मेदवारहरुले पनि जिल्लाका दुई ठाउँमा चुवानी सभा गदैँ आएका छ । स्थानीय चुवानको भोटको आधारमा हेर्ने हो भने वामगठवन्धन वलियो देखिन्छ । दोस्रो संविधान सभा चुनावमा जाजरकोटमा क्षेत्र १ मा माओवादी केन्द्रका शक्तिवहादुर वस्नेतले जित्नुभएको थियो भने क्षेत्र नं २ मा नेपाली कांग्रेसका राजिवविक्रम शाहले ले जित्नुभएको थियो । अहिले उहाँ दुवै जना प्रतिनिधी सभा सदस्याको उम्मेदवार हुनुहुन्छ । राजिव शाह राजनीतिमा कमजोर दखिन्छन् भने शक्ति केन्दीय राजनीतिका लागि चाहिने पात्र रहेको राजनीतिक विश्लेशकको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!