सदरमुकामकै सुरक्षा ब्यवस्थालाई चुनौती दिँदै डोल्पामा विप्लब माओबादीले टास्यो सम्पुर्ण उम्मेद्वारको घरमा कालो ब्यानर !

दुनै(डोल्पा) २९ कार्तिक
डोल्पाका सम्पुर्ण प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेद्वारको घरमा आसन्न चुनाव बहिष्कार गरौ लेखिएको कालो झन्डा टासिएको छ ।
सदरमुकाम दुनैको नै सुरक्षा ब्यवस्थालाई ठाडो चुनौती दिँदै नेकपाका कार्यकर्ताले दुनैमा घर भएका उम्मेद्वारहरुको घरमा समेत चुनाव बहिष्कार गरौँ लेखिएको कालो ब्यानर टासेको हो ।
बामगठबन्धनको बाट प्रदेश निर्वाचन क्षेत्र क मा एमालेबाट उम्मेद्वार बन्नुभएका नन्द सिहं बुदा,एमालेबाट प्रतिनिधि सभाको उम्मेद्वार बन्नुभएका धन बहादुर बुढा र काङ्ग्रेसबाट प्रतिनिधि सभाका उम्मेद्वार बन्नुभएका अंगत बुढाको घरमा चुवान बहिष्कार गरौँ लेखिएको कालो ब्यानरको टासिएको हो ।
त्यसैगरि सदरमुकाम बाहिर घरभएका काङ्ग्रेस प्रदेश निर्वाचन क्षेत्र क का उम्मेद्वार बेगम सिंह ठकुरी,काङ्ग्रैसकै निर्वाचन क्षेत्र ख का उम्मेद्वार शुरेस शाही,बामगठबन्धनबाट प्रदेश निर्वाचन क्षेत्र ख बाट उम्मेद्वार बनेका माओबादी केन्द्रका बिर बहादुर शाहीको घरमा पनि कालो ब्यानर टाँसिएको स्रोतको भनाई छ ।
डोल्पाका प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेद्वारको घरमा कालो झन्डा राखिएपनि विहानै कसैले पत्तो नपाउँदै प्रहरीले हटाएको थियो ।
आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा विप्लब माओबादीका बिरोधि कार्यक्रम बड्दै गएपछि डोल्पामा सुरक्षा चुनौती बड्दै गएको छ ।
रामचन्द्र न्यौपाने










