डोल्पामा सिता एअरको परिक्षण उडान सफल,एक साता भित्रै नियमित सुरुहुने !

मादुनै(डोल्पा) २९ कार्तिक
डोल्पाको जुफाल विमानस्थलमा सिता एअरको परिक्षण उडान सफल भएको छ ।
बुधबार विहान नेपालगञ्ज देखि डोल्पाकालागि भएकोे पहिलो उडान सफल भएको सिता एअर नेपालगञ्जका स्टेसन म्यानेजर राजिब शर्माले जानकारी दिनुभयो ।
उडान सम्बन्धि सम्पुर्ण व्यबस्थापन सम्पन्न भएपछि एकसाता भित्रै नियमित उडान सुरु गरिने शर्माले बताउनुभयो ।
डोल्पाको जुफाल विमानस्थलमा नियमित उडान सुरु भईसके पछि यात्रुको चाप आधारमा दिनमा तीन वटासम्म उडान भर्ने उहाँले जानकारी दिनुभयो ।
कर्णालीमा भरपर्दो हवाई सुविधा नभएको अवस्थामा सिता एअरले नियमित उडान सुरु गरेपछि डोल्पाली जनतालाई ठुलो राहतहुने डोल्पा दैनिकका प्रधान सम्पादक पवन डाँगीले बताउनुभयो ।
हालसम्म तारा,गोमा,नेपाल एअरलाईन्स र मकाल एअरलाईन्सले उडान भर्ने गरेतापनि नियमित उडान नहुँदा सयौँ यात्रुहरुले हवाई सास्ती भोग्नु परिरहेको अवस्थामा सिता एअरको नियमित उडानपछि भने हवाई यात्रामा सहजहुने सर्वसाधारणहरु बताएका छन् ।
सिता एअरले डोल्पा उडान सुरु गरेपछि कर्णालीका पाँच वटै जिल्लामा सेवा विस्तार भएको सिता एअरले जनाएको छ ।डोल्पाबाट तेह्र देखि चौध जनासम्म यात्रु बोक्ने सिता एअरको भनाई छ ।

रामचन्द्र न्यौपाने

 




सम्बन्धित समाचार


error: Content is protected !!