माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथी नै आक्रमण गर्ने विप्लवको योजना,किन चुप छन् प्रधानमन्त्री देउवा

काठमाडौं– एकीकृत क्रान्तिको नारा दिएर संघर्षको बाटोमा अघि बढेको बिप्लव नेतृत्वको नेकपाले चितवनमा नेपाल कम्युनिस्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लक्षित आक्रमणको तयारी गरेको खुलासा भएको छ ।
पश्चिमको आधार शिबिर रुकुम–रोल्पा देखि पूर्बको सोलुखुम्बुसम्म सांकेतिक आक्रमणको प्रयास गर्ने र सुरक्षा निकायको ध्यान त्यता तिर केंद्रित गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि चितवनमा आक्रमण गर्ने रणनीति अन्तर्गत योजना अघि बढेको बिश्वस्त श्रोतले बताएको छ ।
यसका लागि रोल्पाबाट पूर्ब जनमुक्ति सेना तथा जनस्वयंसेवक ब्यूरोको लड़ाकू दस्ता चितवनका लागि मुभ भईसकेको स्रोतको दाबी छ । स्रोतकाअनुसार त्यसका लागी मकवानपुरको चितलांग क्षेत्रका बासिन्दा रहेका सुजीत तामांग लगायतले चितवनमा आबस्यक खटन पटनको ब्यबस्थापन गरी रहेका छन् ।
नेपालगञ्जमा मंगलवार भएको क्षेत्रीय सुरक्षा गोष्ठीमा समेत ठुला नेताहरुमाथि आक्रमण हुन सक्नेबारे छलफल भएको थियो । मध्यपश्चिमाञ्चल क्षेत्रीय चुनावी सुरक्षा गोष्ठीको उदघाटन गृहमन्त्री समेत रहेका प्रधानमन्त्रीले शेरबहादुर देउवाले गरेका थिए ।
गोष्ठीमा प्रधानमन्त्री देउबाले नेताहरुमाथि कसरी आक्रमण भयो भनी आश्चर्यजनक शैलीमा सुरक्षा निकायका उच्च अधिकारीलाई प्रश्न गरेका थिए । जबकि यस विषयमा यसअघि नै प्रधानमन्त्री देउवालाई सुरक्षा निकायले रिपोर्ट बुझाइसकेका थिए ।
एक सातादेखी बाम गठबंधनका उम्मेदवारहरु माथि बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालीन शैलीमा जनयुद्धकालीन आधार शिबिरका रुपमा रहेका रुकुम रोल्पामा शृंखलाबद्ध आक्रमणको प्रयास गरेका थिए ।
यही सेरोफेरोमा रहेर नेत्र बिक्रम चन्द बिप्लवले प्रधानमन्त्री देउवालाई भेटेको कुरा यस अघि नै सार्बजनिक भईसकेको छ । प्रधानमन्त्री देउवा र विप्लवबीचको भेटघाट हुनु र प्रचण्डमाथी नै आक्रमणको तयारीकको विषयलाई सुरक्षा निकायले समेत उच्च चासोका साथ लिइरहेको स्रोतको दाबी छ ।
नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबिच चुनाबलाई असर गर्ने गरी कुनै प्रकारको गठबन्धन भएको कुरा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले यस अघि नै सार्वजनिक रुपमा नै टिप्पणी गरिसकेका










