त्रिपुराकोटमा बामगठबन्धनको चुनावी सभाः तिन दर्जन धेरै एमालेमा प्रवेश

दुनै(डोल्पा) २८ कार्तिक / यहाँको त्रिपुरा सुन्दरी नगरपालिका १ अन्तर्गत त्रिपुराकोटमा बामगठबन्धनले चुनावी आमसभा गरेको छ ।
आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको चुनावलाई लक्षित गर्दै गरिएको कार्यक्रमा उम्मेद्वारहरुले आ–आफ्नो पक्षमा मत मागेका थिए ।
बाम गठबन्धनबाट प्रदेश सभा ख बाट उम्मेद्वार बन्नुभएका माओबादी केन्द्रका उम्मेद्वार बिर बहादुर शाहीले आफुलाई मतदान गर्न आहन गर्नु भएको थियो ।
चुनावी आमसभामा आफ्नो मन्तब्य राख्ने क्रमममा जाजरकोट डोल्पा मोटरबाटो निर्माणकालागि निश्क्रिय रहेको सेनालाई आग्रह गरेर मोटरबाटो निर्माणको सुरुवात गरेको बताउनुभएको थियो ।
निर्वाचन जितिसकेका पछि जुम्ला–डोल्पा मोटरबाटो त्रिपुराकोटसम्म जोड्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै बामगठबन्धनबाट उम्मेद्वार बन्नु भएका प्रतिनिधि सभाका उम्मेद्वार धन बहादुर बुढाले दोस्रो संविधान सभाको चुनावमा पनि भारी मतले बिजय गराएकोमा धन्यबाद दिँदै यस पटकको चुनावमा पनि सबैले सहयोग गर्न आह्वान गर्नु भएको थियो ।
यस अघि पनि सांसद बिकासको रकमबाट विभिन्न मठ मन्दिर,बिद्यालय,मोटरबाटो लगाएतका थुप्रै बिकास काम गरेको जनतासामु स्मरण गर्नु भएको थियो ।
भोलीका दिनहरुमा पनि डोल्पाको बिकासको लागि अहोरात्र खटिने समेत प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा बामगठबन्धनका केन्द्रिय तथा स्थानीय नेताहरुले उम्मेद्वारहरुलाई मत मागेक थिए ।उक्त चुनावी सभामा झन्डै तिन दर्जन धेरैले काङ्ग्रेस,राप्रपा परित्याग गरेर एमालेमा प्रवेश गरेेेे छन ।त्रिपुराकोट काङ्ग्रेसको गठको रुपमा रहेपनि आजबाट तोडीएको गठबन्धनका नेताहरुले बताएका थिए ।
रामचन्द्र न्यौपाने










