चुनावी सभा सम्पन्न

जा
जररकोटको दशेरामा आज चुनावी सभा सम्पन्न भएको छ । पुर्व गृहमन्त्री तथा प्रतिनिधी सभा सदस्याका उम्मेदवार शक्तिवहादुर वस्नेत , प्रदेश सभा सदस्या क्षेत्र २ का उम्मेदवार करवीर शाहीको उपस्थीतीमा चुनावी सभा तथा जनभेटघाट सम्पन्न भएका छन् ।
कार्यक्रममा वोल्दै वस्नेतले राज्यले सधै जाजरकोटलाई सैतेनी व्यवहार गरेको ले आफु त्यसैको विरुद्धमा लड्दै आएको वताउनुभयो ।

राजनीति व्यवस्था परिवर्तन भएको तर समाजको अवस्था परिवर्तन नभएकाले समाज रुपान्तरणका लागि आफुनो प्रमुख लक्ष्य भएको वस्नेतले वताउनुभयो । त्यस्तै जाजरकोटको क्षेत्र १ को कुदुमा कोणसभा सम्पन्न भएको छ । प्रदेश सभा सदस्या क्षेत्र १ का उम्मेदवार गणेसप्रसाद सिहले गरिवको छोरा चुनावी प्रदानमा भएका कारण आफुनो पहिलो काम गरिवी अन्त्य गर्ने भएको दावी गर्नुभयो ।
हिजो शिक्षकको जागिर छाडेर राजनीतिमा लागेको स्मरण गदैँ उहाँले भन्नुभयो , मलाई व्यक्तिगत फाईदा चाहिएको भए म शिक्षक नै भएर पनि पैसा कमाउन सक्थ्ये तर मैले समाजको अवस्था वदल्नु पर्ने जिम्म लिएर जनताको माझमा आएको वताउनुभयो । त्यस्तै प्रदेश सभा सदस्य क्षेत्र नं २ का उम्मेदवार करवीर शाहीले वामगठवन्धनले जिते मात्र देशमा जनताले चाहे जस्तो विकास हुने वताउनुभयो ।










