वर्चस्व देखाउन घरै पिच्छे जवरजस्ती झण्डा

हेमन्त के सी
जाजरकोट  ः त्रिवेणी नलगाड नगरपालिका वडा ८ का नरवहादुर खत्रीको घरमा कांग्रेस समर्थक समुहले घर मुली संग सल्लाह नै नगरि झण्डा हान्यो । झण्डा किन हाँनियो भन्दै घर मुली नरवहादुर लाई थाह नै भएन ।
झण्डा हान्नको कारण खोज्दै उहाँ नेपाली कांगे्रसका स्थानीय नेताहरु सम्म पुग्नुभयो । स्थानीय नेताहरुले हामी सवै भाईहरु एउटै दलका हुनुपर्ने भन्दै फरक भएमा सन्तान वाट नै अलग गराउने धम्की दिएको गुनासो नरवहादुरले गर्नुभयो । त्यस्को एक दिन पछि एका विहानै स्थानीय शेरवहादुर नेपालीको घरमा आँसी हतौडा भएको रातो झण्डा नरवहादुरले देख्नुभयो । शेरवहादुरले नरवहादुरलाई कसले हान्यो घरमा झण्डा भन्दै सोध्नु भयो । शेरवहादुरले विहानै आएर कसले हानिदिएछ थाह नै भएन भनेर जवाफ नरवहादुरलाई दिनुभयो । शेरवहादुर र नरवहादुर छिमेकी हुन् । तर झण्डाले एकलाई माओवादी वनायो , अर्कोलाई नेपाली कांग्रेस । तर यी दुवैलाई घरमा झण्डा हानेको मन परेको छैन् ।
जवरजस्ती जिल्लाका अधिकांश ठाउँमा वामगठवन्धन र नेपाली कांग्रेसका समर्थकले झण्डा हानेर दलको वचस्र्व देखाउने काम गरिरहको छन् । घर मुली संग अनुमती नै नलिएर जथाभावी घरमा झण्डा हान्दा स्थानीयहरुको चित दुखेको स्थानीयहरु वताउँछन् । हामीलाई जवरजस्ती दलको समर्थक वनाईयो , वल्ला घर र पल्लो घरको वोलचाल देखि नेताहरु समेत घरमा नआउने वातावरण सिर्जना भएको भेरी नगरपालिका १ का रामवहादुर विकले दुखेको व्यक्त गर्नुभयो ।
जिल्लाका अधिकांश ठाउँमा घरै पिच्छे झण्डा हानेर प्रभाव देखाउन खोजिएको छ । त्रिवेणी नलगाड नगरपालिका १ का कालीवहादुर वादी भन्नुहुन्छ “ हामीलाई घरमा झण्डा होईन , विकास ,खानेपानि , विद्य्ुत र सञ्चार सेवा चाहिएको छ । झण्डा हानेर हाम्रो भावनामा नखेलियोस ” दैनिक घरमा झण्डा हानेर आ आफनो दलको प्रभाव देखाउन खोजिएको छ तर यो कदापी हुँदैन हामी ईच्छा अनुसार भोट हाल्ने हो कुशेगाउँपालिका ८ का पृथी वुढाथोकीले वताउनुभयो । यसरी झण्डा हान्ने नेताहरुले हिजोका दिनमा के विकास चाहियो , कोही दुखी विरामी छन की भनेर सोध्न कहिले आएन्न उहाँले भन्नुभयो ।
श्रीमान्ले भनेकै ठाउँमा भोट
यहाँका अधिकांश महिलाहरु स्वविवेक तरिकाले भोट हाल्न नपाएको वताएका छन् । श्रीमान् , सासु र ससुराले भनेको ठाउँमा भोट नदिए घरमा वस्न नदिने लगाएका दवावले आफ्नो विवेक प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।
कतिपय श्रीमान्ले श्रीमतीको भोट समेत जवरजस्ती आफै हाल्ने गरेको कुशेगाउँपालिका ६ का रत्ती थापाले वताउनुभयो । माईती फरक पाटी र घर परिवार अकै पाटी भएमा भोट हाल्दा समस्या हुँने गरेको छ । त्यस्तो अवस्थामा श्रीमान्ले श्रीमतीको भोट आफै हालेर मताधिकार खोस्ने काम हुँदै आएको थापाको भनाई छ । ग्रामीण क्षेत्रका महिलाहरुलाई कुनै कार्यमा पनि सहभागी हुँन नदिने गरेको समेत स्थानीय महिलाहरुले गुनासो गरेका छन् । वैठक , छलफल मा पुरुषहरु आफै मात्र जाँने महिलालाई कामको जिम्म लगाउने गरेको महिलाहरुको गुनासो छ ।




सम्बन्धित समाचार


error: Content is protected !!