जाजरकोटक्षेत्र न:’क’ प्रदेश सभा सदस्य उम्मेदवार गणेश प्रसाद सिंहको घोषणा पत्र सार्बजनिक ,यस्तो छ हेर्नुस

जाजरकोट ।
वामगठवन्धनको तर्फवाट प्रदेश सभा सदस्य जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेसप्रसाद सिंहले व्यक्तिगत रुपमा घोषणा पत्र सार्वजनिक गर्नुभएको छ ।
जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा ७ को दुर्गम वस्ती जिकुवामा उहाँले घोषणा पत्र सार्वजानिक गर्नुभएको हो । उहाँले घोषणा पत्र सार्वजानिक गदै सञ्चार,विद्युत, खानेपानी , शिक्षा क्षेत्रमा आमुल परिर्वन ल्याउनका लागि विभिन्न २ सय वुद्धामा आफ्ना प्रतिवद्धता हरु उल्लख गर्नुभएको छ ।
घोषणा पत्रमा जाजरकोट जुम्ला सडक , जाजरकोटका विभिन्न आन्तरिक सडक , खानीहरुको सम्भाव्यता अध्ययन गरि उत्खनन गरिने लगाएका कुराहरु समेटिएको छ । नलगाड सरोकार समितिका अध्यक्ष समेत रहेका सिंहले सोमवार विहान यस्तो घोषणपत्र सार्वजानिक गदैँ सधै जनताको विचमा रहेको वताउनुभयो ।
जाजरकोटको क्षेत्र नं १ सवै भन्दा वढी विकासका लागि सम्भावना वोकेको क्षेत्रको रुपमा रहेको छ । जिल्लामा व्यक्तिगत रुपमा घोषणपत्र सार्वजानिक गर्ने उहाँ पहिलो उम्मेदवार हुनुहुन्छ










