हामी भन्दै आएका छौ जनताको जित पक्का छ,पुर्ब गृहमन्त्री बस्नेत।

जाजरकोट ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार एबम पुर्ब गृहमन्त्री शक्ति बहादुर बस्नेतले जनताको जित सुनिश्चित भएको बताउनु भएको छ।उहाले “हामी भन्दैआएका छौ, जनताले चाहेको र देखेका भ्रमित र लोप लाग्ने शब्दमा जनता डुबेको छैन”भन्नू भयो।

जनताले अब देखेको छ आफ्नो गाउँ आफ्नो जिल्लाको उज्ज्वल भबिस्य कोरि सकेका छन।जाजरकोटको सर्बाङ्गिन बिकास र जनताका हक अधिकार आफ्नै हातले रङ्ग भरी सकेका छन।जाजरकोट का जनताको जित जाजरकोटका जनता अधिकार अबको सुदृढकरणमा परिणत भएको उहाले बताउनु भयो।

हामीले जिति सकेका छौ ,जनताले कोरेका रेखांकन सिमित भइ सकेका छन।आज झाप्रामा आयोजित चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै पुर्ब गृहमन्त्री बस्नेत ले यस्तो बताउनु भएको हो।जाजरकोट क्षेत्र न ‘क’र ‘ख’का बाम उम्मेदवार गणेश प्रसाद सिंह र करबिर शाहीलाई पनि जनताले नजिकबाट अङालेका छन,यो कसैको जित होइन जाजरकोटि जनताको जित हो,उहाले भन्नू भयो।





error: Content is protected !!