काठमाडौको त्रिपुरेश्वरमा आगलागी, एकको मृत्यु

काठमाडौँ । काठमाडौँको व्यस्त क्षेत्र मध्ये एक रहेको त्रिपुरेश्वरको एक मोटरसाइकल ग्यारेजमा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ ।
बिहिबार साँझ मायाराम भोलाराम पेट्रोल पम्प नजिकै रहेको उक्त ग्यारेजमा आगलागी भएको थियो ।
घटनामा एक जना पुरुषको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले एक जनाको मृत्यु भएको पुष्टि गरे ।
मृत्यु हुनेमा मुलायम मिया रहेका छन् ।
अहिले दमकल पुगेर आगलागी नियन्त्रणमा लिइसकेको पनि धानुकले बताए ।










