नवनियुक्त रक्षा सचिवलाई प्रधानसेनापतिको यस्तो विफ्रिङ

काठमाडौं– नवनियुक्त रक्षा सचिव विनोद केसी र प्रधानसेनापति राजेन्द्र क्षत्रीबीच बिहीबार जंगीअड्डामा शिष्टाचार भेट भएको छ।

भेटका रक्षा सचिव केसी र प्रधानसेनापति क्षत्रीबीच हाल देशको बिद्यमान परिस्थिति र नेपाली सेना सम्बन्धी विविध विषयमा छलफल भएको थियो।

साथै, नव नियुक्त रक्षा सचिव केसीलाई जंगी अड्डा परिसरमा छुट्टै कार्यक्रममा वर्तमान बस्तुस्थिती, नेपाली सेनाका विभिन्न निकायको जिम्मेवारी लगायत आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सुरक्षा सम्बन्धमा नेपाली सेनाको कार्य योजनाको बारेमा सम्बन्धित विभागका रथी तथा अधिकृतहरुबाट प्रस्तुतिकरण समेत भएको थियो।





error: Content is protected !!