माओवादी केन्द्रले गर्याे बागी उम्मेदवारलाई कारबाही

काठमाडौं, कात्तिक २३ । नेकपा माओवादी केन्द्रले पार्टीको निर्णय र निर्देशन विपरित प्रतिनिधि र प्रदेशसभामा बागी उम्मेदवार बन्ने र तिनको प्रस्ताबक र समर्थक बन्ने सबैलाई पार्टीको सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेको छ ।

चुनाबी तालमेलसँग एमालेसँग पार्टी एकताको गृहकार्य भइरहेको अवस्थामा पार्टीले टिकट दिएका उम्मेदवार विरुद्ध बागी उम्मेदवार बनेका, तिनको प्रस्ताबक र समर्थक बनेका सल्यान र हुम्लाको तीन जना पोलिटव्युरो सदस्यसहित १० जनालाई अनुशासनको कारबाही गरिएको हो ।

पार्टीको अनुशासन कारबाहीमा पर्नेमा पोलिटव्युरो सदस्य उमाकान्त शर्मा, छक्कबहादुर लामा र भीमप्रकाश शर्मा रहेका छन । अरु वाँकी ७ जना जिल्ला आयोजक समिति सदस्य हुन ।

हेनुहोस पत्रः





error: Content is protected !!