लोकतन्त्र को थैलो भित्र अस्थिरता को टेण्डर

अर्कोले राष्ट्रियता मा खतरा
यति बेला नेपाल को अस्थिर र अन्यौल पुर्ण राजनिती को अन्त्य गर्दै र जनताको समृद्धि को चाहाना पूरा गर्न वाम गठबन्धन भएर चुनाव लड्दैछन्।जब वाम गठबन्धनको चर्चा चल्यो नेपालमा कम्युनिस्ट ब्यबस्था आई सकेको रुपमा नेपाली कंग्रेसले अन्तर्राष्ट्रिय जगत लाई समेत भ्रम छर्न सुरु गर्यो।अहिले चुनाव प्रचारमा लोकतन्त्र खतरा भएको हल्ला फिजाउदैछ।
वास्तवमा लोकतान्त्रिक गणतन्त्रको स्थापना सबभन्दा बढि कम्युनिस्टको रगत बगेको छ।२००७ मा नै राजा संग सत्ता साझेरि मा आन्दोलन टुंग्याएको ने का को लोकत

न्त्र सबैले बुझेकै कुरा हो।शिद्धान्ततस्ने का को लोकतन्त्र अराजकता हो।देश र जनता को हित नहुने र उच्च बर्ग ९दलाल,नोकर शाह र आजका मितिमा बचेखुचेका सामन्ती ०ले श्रमिक बर्ग लाई लुट्न पाउने लोकतन्त्र नै ने का को लोकतन्त्र हो।अझ भनौं नेपाली ने का को चरित्र नै दलाल हुनुले आज नेपालमा सधै अस्थिरता चाहाने र आफ्नो बर्चस्व कायम राख्न चाहाने छिमेकि को लागि
ठेक्का लिदै आएको छ।नेपाली कंग्रेस स्थापना गर्दा नै भारत को झण्डा राख्ने कंग्रेस लोकतन्त्र के हो भन्ने कसले बुझ्दैन
वाम गठबन्धन लाई अधिनायकवाद देख्ने कंग्रेसले आफुले दशकौं सम्म सरकारमा रहेर जनतामा कति लोकतन्त्र को प्रत्याभुति गरायोरुआफै सरकारमा रहेको बेला न्याय,स्वतन्त्रता र मुक्ति को माग गर्ने लाई गोलि ले हजारौ जनताको ज्यान लिएको काँग्रेस ले लोकतन्त्रको चिन्ता लिनु भनेको ूसिङ नभएको तिखेू झै हो।
उसको लोकतन्त्रको थैलो भित्र नेपालमा अस्थिरता,अन्यौलता,अराजकता र जनतामा निराशा पैदा गराएर अन्तर्राष्ट्रिय कृडा स्थल बनाउने टेण्डर को फाराम छ।स्वाधिन र स्वाभिमानी जनताले नेपाली कंग्रेस लोकतन्त्र टेण्डर खारेज गर्ने छन्।

कालीवहादुर मल्ल





error: Content is protected !!