आगलागीबाट करोडौंको क्षती

सुर्खेत, २३ कार्तिक ।
आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा भएको आगलागीबाट करोडौंको क्षती भएको छ ।

वीरेन्द्रनगर–६, जुम्लारोड सुर्खेतस्थित जयलक्ष्मी इन्टरप्राइजेज र रोशन ड्रग हाउसमा बिहान करिब पौने २ बजेतिर विद्युत सर्ट आएर आगलागी थियो ।
आगलागीबाट भानुभक्त बरालको जयलक्ष्मी इन्टरप्राइजेजमा र रोशन तिावरीको रोशन ड्रग हाउसमा क्षती भएको प्रहरीले जनाएको छ ।
स्थानीय, प्रहरी र दमकलकसहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।





error: Content is protected !!