‘भेडा’ कि ‘जनता’ !

मान्छे सर्वश्रेष्ठ प्राणी हो ।वास्तबमा भन्ने हो भने एक चेतनशिल प्राणी कदापी भेडाहुन सक्दैन् तर उसले गर्ने ब्यवाहारले को कस्तो हो छर्लङ्गै पारिदिन्छ ।यो कुरा यथार्त हो ।गाँउ समाजमा प्रतिष्ठित बनेर जीउने कि सबैको आलोचनाको पात्र बन्ने हाम्रै हातमा निहित छ ।यही प्रशङ्ग जोड्ने प्रयास गरिरहेको छु ।हामि भेडा कि जनता यसकै उत्तर बर्षौ देखि खोजी रहेका छौँ ।जव–जव चुनाव नजिकिँदै जान्छ तब–तब यही कुराले असह्य हुनेगरि घोचि रहन्छ डोल्पालीलाई ।हामि चेतनशिल प्राणी हौँ कि भेडाबाख्रा हौँ भन्ने बिषयमा आफै दिग्भ्रमित भएका छौ ।शिक्षा,स्वास्थ्य,यातायात र संञ्चार समस्याले जेलिएको डोल्पा,हामि त्यहाँका जनता ।हामि त्यसै पनि पिडित छौ।त्यसमा पनि राज्यको उपेक्षा अनि नेताको उदासिनता हामिलाई असह्य पिडा त छँदै छ,विगत देखि भेडाबाख्राको संज्ञा पाउँदा हाम्रो मन झनै बिचलित भएको छ ।नेता गणहरुले बर्षौ देखि जनताको ईमान्दारीताको ब्यापार गरिरहेका छन् डोल्पामा ।भेडा बाख्राको ट्याग लगाई दिएका छन् डोल्पाली जनतालाई ।जब निवार्चन हुन्छ यस्तै कुराले बजार लिन्छ डोल्पामा ।पञ्चायति ब्यवस्थामा डोल्पाकै एक नेताले दिएको अभिव्यक्तिको पराकाष्ट अहिलेसम्म भोगिरहेका छौँ हामिले ।“पञ्चायत कालमा डोल्पाका एक नेताले डोल्पाली जनतालाई पैसाले किन्न सक्ने भेडाबाख्र्र्र्रा हुन भनेर दिएको अभिब्यक्तिको पालना अहिले पनि हाम्रा नेताहरुले गरिरहेका छन् ।”यो कुरा अहिले पनि डोल्पालीको मानसपटलमा ताजै छ ।हिजो पंञ्चायति ब्यवस्था देखि गणतन्त्र आउँदासम्म उही कुराको पिरलो छ डोल्पालीलाई ।पटक–पटक निर्वाचन भए,हामिले प्रलोभनमा परेर उनैलाई जितायौ भेट स्वरुप हाम्रो मतको अपमान गर्दै भेडाबाख्राको संज्ञा पायौँ अहिले पनि यस्तै सोचिरहेका छन् हाम्रा नेताले।जसलाई भोेट दियौँ,उनीहरुले नै हामिलाई चोट दिए ।उनैले हाम्रो स्वाभिमान किने,सोझोपनको पाईदा उठाए ।यो डोल्पालीलाई लागेको सबैभन्दा ठुलो दाग हो ।धैर्य गर्न सक्यो भने अवस्य पनि पालो सबैको आउँछ ।सेतो सर्टको रुपमा डोल्पाली जनताको ईमानमाथी लागेको कालो दाग मेटाउने अवसर एक पटक फेरी डोल्पाली माझ आएको छ ।हामिलाई पशु सरह किनबेच गर्न खोज्नेलाई ईटको जफाव पत्थरले फर्काउने बेला आएको छ ।समयलाई चिन्न सक्नु पर्दछ ।आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै छ ।नेताहरु फेरी नोटमा भोट किन्ने तरखरमा छन् ।हाम्रो इमान किन्ने तरखरमा छन्,हाम्रो ईमान्दारी कसरी जोगाउने हामै्र हातमा छ ।डोल्पामा विकासको गति कस्तो छ भन्ने कुरा आम नागरिकले भोगिरहेको पिडाले मुल्याङ्ककन गरिसकेको छ,अबका दिनहरुमा पनि हुने छ ।डोल्पाबाट सांसद भए,मन्त्री पनि भए तर विकास भने भएन् ।हाम्रा समस्या जिँउका तिउ छन् ।“अझै पनि सिटामोल खान नपाएर विरामि मर्छन् यहाँ ।जहाज कुर्दै महिनौ बित्छ,जहाज कुर्दै विमानस्थलमै महिलाले सुत्केरीहुनु पर्ने अवस्था छ,गुणस्तरीय शिक्षा लिन घरखेती बेचेर लाखौँ खर्च गरेर जिल्ला बाहिर जानु पर्ने अवस्था छ ।बर्षौ देखि संञ्चार विहिनहुँदा जंगली जीवन विताउनु परेको छ ।भ्रष्टाचार मौलाएको छ,शुसासन छैन्,विकासको गति सुस्त छ ।”सेतोलाई सेतो भन्नसक्नु सचेत बर्गको दायित्व भएपनि अझै पनि बोधहुन सकेको छैन् ।छिमेकी जिल्ला रुकुम जाजरकोट जिल्लाका नेताहरुले गरेको विकासलाई हेर्ने हो भने हाम्रा नेताहरु प्रति बितिष्णा पैदा हुन्छ ।हामिलाई त्यस्तै नेता चाहिएको छ,झुटका खेती गरेर आफै मालिक बन्न खोज्ने नेताको खाँचो छैन्।जनताको खुशिमा रमाउने र दुखमा साथ दिने नेता चाहिएको छ यो सम्पुर्ण डोल्पालीको आवाज हो । डोल्पामा विकासको गति सुस्तहुनुमा असल नेतृत्व चयन नगर्दाको पराकाष्ट भन्ने कुरामा कसैको दुईमत छैन् ।हामिले बुझ्ने बेला आएको छ ।हामिलाई कुनै पार्टी विशेषसँग सरोकार छैन् ।मात्र हामिलाई बिकास चाहिएको छ,हाम्रा गाँउ–गाँउमा मोटर कुदेको देख्ने हाम्रो चाहाना छ ।घरमै बसेर उच्च शिक्षा पढ्ने चाहना छ,हाम्रै बस्तीहरुमा ठुलठुला अस्पतालहरु खुलुन भन्ने हाम्रो चाहना छ,कोही कसै विरामिहरु सामान्य उपचार र यातायातको असुविधाले ज्यान गुमाउन नपरोस भन्ने हाम्रो चाहान छ ।यस्तै गर्ने नेता चाहिएको छ ।चुनावको बेलामात्रै अनुहार देखाउने नेता चाहिएको छैन् ।हामिलाई बोलीको बिकास गर्ने नेता चाहिएको छैन् ।चुनौतीका पहाडका विच पनि हाम्रो ठाँउलाई समृद्ध बनाउने जिम्मा लिने नेताहरुको खाँचो छ हामिहरुलाई ।जनमत भनेको संसारको सबैभन्दा ठुलो शक्ति हो जसले नसोचेको परिवर्तन ल्याउन सक्छ ।विश्वमा यस्ता उदाहारण प्रशस्तै भेट्न सकिन्छ ।अव बेला आएको छ ।भोट भन्दा नोटलाई माया नगरौँ ।ब्यक्तिगत स्वार्थको पुरा गर्न भोटको बदलामा लिएको नोटको चोटले पुस्तौ पुस्तौसम्म असर पर्ने स्विकारयोग्य छ ।यो सबैले बुझन जरुरी छ ।नोटले चुनाव जितेका नेताहरुलाई जनता भन्दा गुमेको नोटको माया हुन्छ यो अहिले पनि देखिएकै छ ।कसरी चुनावको लगानी उठाउने भन्ने उनीहरुको ध्याउन्नो जिल्लाको विकास कसरी गर्ने भन्ने तिर जान सकेको छैन् ।असल नेतृत्व छानौँ ।अमुल्य मतको सही सदुपयोग गरौँ ।चुनाव जिताउँदा जनताले लगाएको मतको गुन नुनसँग मिलाएर खाईरहेकाछन् हाम्रा नेताले ।जनताको पिडामा मलम कसैले लगाई दिएका छैनन् अझै पनि ।जब चुनाव आँउछ आश्वासन बाँड्न जनताको घरदैलोमा पुग्छ जितेपछि फर्केर हेर्देनन् ।यस्तै परिपाटीले सबै बिग्रेको छ ।अव पनि भेडा सरी जनता किन्न खोज्ने नेतालाई जनमतको पावर देखाउने बेला आएको छ ।असल नेतृत्व छान्ने बेला आएको छ । सचेत ब्यक्तित्वहरु एकहुने बेलाएको छ ।सचेत बर्गहरुले कुनै पनि पार्टीको विल्ला नभिरेर असल,ईमान्दार र बिकासप्रेमी नेतृत्व छान्न जनतालाई सु–सुचित गर्ने बेला आएको छ ।अझै पनि हामिले नबुझने हो भने डोल्पाको बिकास बिसौ बर्ष पछि धकेलिने निश्चित छ ।समग्र जिल्लालाई कसरी समृद्धि बनाउने नेतृत्वलाई सुम्पिने बेला आएको छ।यहाँसम्म आईपुग्दा अब ढिला नगरि आफुले आफुलाई चिन्ने बेला आएको छ ता की हाम्रा नेतालाई हामि पशु की चेतनशिल हौँ भन्ने देखाउने बेला आएको छ ।सधै हामि पैसामा बेचिन्छौ भन्ने भ्रम चिर्ने बेला आएको छ ।फेरी पनि भेडा बन्ने कि सचेत जनताको भुमिकामा रहने डोल्पालीले सोच्ने बेला आएको छ ।

        लेखक
रामचन्द्र न्यौपाने





error: Content is protected !!