डोल्पाका प्रहरीको उदाहारणीय कामः देउसीभैलो खेलेर नगरका पोल–पोलमा बत्ती जडान !

दुनै(डोल्पा) २१ कार्तिक , यहाँको त्रिपुरा सुन्दरी नगरपालिका–१ अन्तर्गत प्रहरी चौकीका प्रहरीहरुले उदाहारणीय काम गरेका छन् ।

उक्त चौकीका प्रहरीहरुले सामुहिक रुपमा तिहारमा खेलेको देउसी भैलोबाट उठेको रकमबाट नगरपालिकाको केन्द्र बगर बजारमा रहेका प्रत्येक बिजुलीका पोलहरुमा बिजुली बत्ती जडान गरेका हुन् ।

गत आईतबार नगरपालिकाको केन्द्रको माथिल्लो बगर देखि ठुली पुलसम्मका बिजुलीका पोलहरुमा एक्काईवटा सि.एफ.एल बत्ती जडान गरिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी निरीक्षक रोमहर्स सिजवालले बताउनुभयो ।

“चौकीका प्रहरीहरुले सामुहिक रुपमा तिहारमा देउसी खेल्दा सोह्र हजार रकम उठेको थियो,सो रकमबाट तार सि.एफ.एल बल्ब खरिद गरेर बगर बजारका प्रत्येक पोलहरुमा बत्ती जडान गरेका छौ,उक्त बत्ती जडान गरिएपछि शान्ति सुरक्षाका हिसाबमा पनि सघाउ पुग्ने बिश्वास छ”सिजवालले भन्नुभयो ।“जताततै उज्यालो भएपछि नगरका पसल तथा घरहरुमा चोरीहुने सम्भाबना पनि कमहुने विश्वास लिईएको छ ।”

त्रिपुरा सुन्दरी नगरपालिकाका महिला तथा प्रहरीले प्रत्येकबर्ष तिहारमा खेलेको देउसीभैलो बाट उठेको रकम सामाजिकार्यमा खर्चगर्दै आएका छन् ।

रामचन्द्र न्यौपाने

 





error: Content is protected !!