बाम तालमेलले जनता हित गर्ने ,जनताहरु कुनै भ्रममा नपर्न अह्वान-पुर्ब गृहमन्त्री बस्नेत


सेपुखोला जाजरकोट ।बाम तालमेल जाजरकोटको चुनाबी कोण सभाआज त्रिबेणी नलगाड नगरपालिका ५ सिर्के र सेपुखोलामा सम्पन्न भएको छ।जाजरकोट प्रतिनिधि सभा सदस्य उम्मेदवार एबम पुर्ब गृहमन्त्री शक्ति बहादुर बस्नेत ,जाजरकोट ‘क’प्रदेश सभा सदस्य उम्मेदवार गणेश प्रसाद सिंह एमाले जाजरकोटका इन्चार्ज भैरब सुन्दर श्रेष्ठ ,माओवादी केन्द्र पोलिट ब्युरो सदस्य काली बहादुर मल्ल,सहित अन्य नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

चुनाबी सभा तथा भेटघाट कार्यक्रम त्रिबेणी नलगाड नगरपालिका -८दल्ली बाट सुरु भएको थियो भने हिजो मात्र वडा न -१०को तल्लु बगरमा सम्पन्न भएको थियो।चुनाब लाई मर्यादित र जनताका हक अधिकार सुनिश्चित गर्ने उदेश्यले दिन दहाडै जनताका घर घर गाउँ गाउँमा कार्यक्रमहरु सम्पन्न भइ रहेका छन।

 

आज सिर्के र सेपुखोलामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै बाम तालमेलले जनताका हक अधिकार र बिकास बामताल मेलले हित गर्ने पुर्ब गृहमन्त्री शक्ति बहादुर बस्नेतले बताउनु भएको छ।साथै बामतालमेलले अबको २२दिनमा सिङ्गो देश नै सदाबहार देखिने एमाले जाजरकोट जिल्ला इन्चार्ज भैरब सुन्दर श्रेष्ठले बताउनु भएको छ।त्यस्तै जाजरकोट ‘क’प्रदेश सभा सदस्य उम्मेदवार गणेश प्रसाद सिंहले जनताले आफुहरुलाइ ढुक्क साथ जिताउने समेत अडान ब्यक्त गर्नु भएको छ।





error: Content is protected !!