यी हन् धादिङ बस दुर्घटनाका १५ घाइते (नामावलीसहित)

?धादिङ-  धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९  पुगेको छ । घटनास्थलबाट ९ पुरुष र ७ महिला र ३ बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । बेपत्ताको खोजीकार्य जारी छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन ।

खचाखच यात्रु लिएर आएको बस त्रिशूली नदीमा खसेको  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए ।
दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । उनीहरुको गजुरी अस्पताल र केहिलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

घाइतेहरुमा सप्तरीको राजविराज नगरपालिका २ का ठाकुर  अमन ठाकुर , श्रवण कुमार ठाकुर , उद्धब ठाकुर , सिरहा भगवानपुर १ का दिवस कान्त पन्डित राजविराज ९ का दुर्गा नन्द चौधरी , दुर्गा नन्द यादब , नितिदिता चौधरी , सुगम चौधरी, सन्तोश सरदार
बिहार मधुवनका मनोज ठाकुर , गणेश ठाकुर, गौरी शंकर ठाकुर , अभिषेक चौधरी तथा  सप्तरीकै सुशिल यादब र सुरेन्द्र कुमार यादब रहेका छन् ।





error: Content is protected !!