नगर प्रमुख रावल र कार्यकारी अधिकृत सिंह नगर सरसफाइमा आफै खटे,बजार फोहोर मुक्त बन्दै।

लक्ष्मण रसाइली जाजरकोट ।
त्रिबेणी नलगाड नगरपालिका जाजरकोटका नगर प्रमुख टेक बहादुर रावल र नगरका कार्यकारी प्रमुख सुरेन्द्र सिंह सरसफाइ युक्त नगर निर्माणमा आफै जुटेका छ।
नगरका विभिन्न ठाउँ ,गाउँ ,र बजारमा आफै खटेर फोहर नियन्त्रण र सरसफाइ को अभियान निरन्तर तिब्र बनेको छ।

नगरका मुख्य ब्यापारिक केन्द्र मानिने नगरपालिकाको वडा न-३को कैना बजार,वडा न ५को कालिमाटी वडा न -७को दल्ली ,वडा न-८को बगरा,मन्मै,वडा न-११को चौखा,र वडा न १२को तल्लु बगरमा यो अभियान थाले देखि सरसफाइले तिब्र गति पाएको छ।

प्रत्येक वडाका वडा अध्यक्ष ,सदस्य हरुको सक्रियता पनि त्यति रहेको छ।अहिले यी ब्यापारिक केन्द्रमा नगर प्रमुख रावल आफै पुगेर फोहोरलाई नियन्त्रण र सरसफाइ सम्बन्धि कार्यक्रम ,अभियान तिब्र बनाए पछि अहिले प्रत्येक बजार हरु गाउँहरु निकै सुन्दर र सफा देखिन्छ्न।साथै बिकास निर्माणका कार्यले पनि निकै तिब्रता पाएको छ,नगर प्रमुख निर्माण स्थलमा आफै अबलोकनमा पुगेपछि निर्माणका कार्यहरुले पनि तिब्रता पाएको हो।





error: Content is protected !!