त्रिशुलीमा बस खस्यो,मृत्यु हुनेको संख्या १४,उद्दार कार्य जारी


कार्तिक ११, २०७४-शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसबाट १४ जनाको शव निकालिएको छ । बिहानैदेखि प्रहरी सहित उद्दारका लागि खटिएका गोताखोरले ५ महिला, २ नाबालक र ७ पुरुषको शव निकालेको हो । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन सकेको छैन ।र अझै पनि उद्दार कार्य जारी रहेको छ।










