यो साल जाजरकोटको टट्टा,चावलेचौरमा सुन्तला उत्पादन निकै घट्यो, किसान चिन्तित।

लक्ष्मण रसाइली जाजरकोट ।
त्रिबेणी नलगाड नगरपालिका वडा न-३को टट्टा, चावलेचौरमा यो साल सुन्तला उत्पादन निकै कम भएको छ।
जिल्ला कै पुर्बी भेगको सबै भन्दा धेरै सुन्तला उत्पादन हुने यस क्षेत्रमा यो साल विभिन्न रोग तथा सुन्तला फुलिरहेको बेला परेको असिनाले क्षति पुर्याए संगै सुन्तला खेती उत्पादनमा निकै गिरावट आएको हो।
टट्टा गाउँमा धेरै उत्पादन हुने सुन्तला जिल्ला का विभिन्न ठाउँ तथा अन्य जिल्ला मा निर्यात हुने सुन्तला अहिले स्थानीय बजार तथा मेलाहरु मा नै अपुग भएको छ।
अघिल्ला बर्षहर्मा धेरै उत्पादन हुने घरमा एक सिजनको १लाख ५०हजार देखि २लाख सम्म हुने र कम हुनेहरु २०देखी २५हजार सम्म हुन्थ्यो भने यो साल धेरै हुने को पनि २०हजार नै नहुने देखिएको छ।सुन्तला उत्पादन घटे पछी किसानीहरु निकै चिन्तित भएका छन।










