तोकिएको भाडा भन्दा दोब्बर असुल्छन् जाजरकोट बगरा-तल्लु सडक खण्डका सवारी साधन।

लक्ष्मण रसाइली जाजरकोट ।

जाजरकोट र डोल्पा सडकखण्ड अन्तरगत पर्ने जाजरकोटको त्रिबेणी नलगाड नगरपालिका -८बगरा देखि वडा न -१२को तल्लु बगर सडक खण्डमा चल्ने सवारी साधनले यात्रुहरुलाई भाडा दरमा ठग्ने गरेका छन् ।

तोकिएको भाडादर भन्दा बढी भाडा यात्रुबाट असुल्ने गर्नाले यात्रुहरु ठगिने गरेका हुन् । विशेष गरेर बृद्ध, महिला तथा बालबालिकाहरुबाट सवारी साधनवालाले बढी भाडा लिने गरेको पाईएको छ ।

बगरा देखि तल्लु बगरसम्मको सडकखण्डमा भाडा दर रु ३ सय ५० कायम गरिए पनि चाडपर्व लगायतअन्य समयमा यात्रुबाट ४सय साढे चार सय लिने तथा बिछ बाटोबाट चढने यात्रुलाइ पुरै रुटको भाडा असुल्ने गरेका छन । लामो समयदेखि सवारी साधनले यात्रुबाट मनपरी भाडा असुल्दा कुनै पनि निकायले त्यसतर्फ बिशेष ध्यान नदिएको यात्रुहरुको गुनासो रहेको छ ।

बगरा देखि तल्लु बगरसम्मको सडकखण्डमा ह सुरक्षा चेक जाँच भएता पनि कुनै न कुनै रुपले यात्रुहरु ठगी गर्ने गरेकी पाइएको छ।को व्यवस्था नहुँदा धेरैजसो यात्रुहरु सवारी साधनबाट ठगिने गरेका छन् । त्यस्तै गरि जाजरकोट ,रुकुम,डोल्पा सडक खण्ड अन्तरगत रुकुमको छेपारे ,चिसापानी,हुँदै राडिज्युला सम्म चल्ने सवारी साधनले पनि यात्रुलाई निकै मार पारेका छन।छेपारे-राडिज्युला सडकखण्ड अन्तरगत पनि तोकिएको भाडादर भन्दा पनि महँगो लिने,सवारी साधनको क्षमता भन्दा बढी यात्रु चढाउने गरेका छन।छेपारे-राडिज्युला सडक खण्ड अन्तरगत कुनै पनि सुरक्षा चेक पोस्ट नभएकै कारण यात्रु हरु निकै मारमा परेका हुन।बिशेष गरि छेपारे-चिसापानी हुँदै जाजरकोट तर्ने यात्रुहरु निकै ठगी र मारमा पर्ने गरेका छन। सेवा दिने बहानामा तोकिएको भन्दा बढि भाडा असुल्दै छतमा समेत यात्रु राखेर सवारी साधन चलाइने गरिएको छ ।

जाजरकोट, डोल्पा र पश्चिम रुकुमको मुख्य नाकाको रुपमा रहेको छेपारे राडीज्यूला सडकखण्डमा दैनिक १५ देखी २० वटासम्म साना जिपचल्ने गरेका छन्।तर आ आफ्नै मन पर्दी ढंगले चलाउने गरेकाले यस्ता समस्या निम्तिएका छन।यातायात समितिले पनि कुनै जिम्मेवारी पूरा नगरेको यात्रुहरको गुनासो रहेको छ।





error: Content is protected !!