इप्रका इन्चार्ज चन्द्र कठायत माथि हातपात प्रयास

सल्यान । बन्गाड कुपिण्डे नगरपालीका वडा न १ देवस्थलमा इलाका प्रहरी कार्यालय सल्लीवजारका इन्चार्ज चन्द्र कठायतलाई स्थानीय लिल वहादुर पुनले हातपात गरेका छन् ।

आइतबार राती ८ वजेको समयमा मदिरा सवेन गरि पुनले स्थानीय थापलीवजारमा होहल्ला मचाईरहेको अवस्थामा स्थानीयले खबर गरेपछि प्रहरी उक्त स्थानमा पुगेको थियो । प्रहरी टोली सो स्थानमा पुग्न साथ प्रहरी माथि नै पुन आक्रमण गर्न खोजेका थिए । ईन्चार्ज चन्द्र कठायतमा हातपात गरेर फरार भएका पुनलाई १ घण्टामा इलाका प्रहरीको टोलीले पक्राउ गरेको थियो । प्रहरी माथि आई लाग्ने पुनलाई नियन्त्रण लिई आज नै जिल्ला चलान गरेको इलाका प्रहरी कार्यलय सल्लीवजारले जनाएको छ ।

समाजमा उच्चशृखंल काम गर्ने भाडभैलो मचाउने क्रियाकलापका दोषिहरुलाई यहाँका राजनैतिक दलहरुले नै संरक्षण गर्न खोज्दा प्रहरीले एकलै केहि गर्न सकिरहेको छैन् । बन्गाड कुपिण्डेमा दिन प्रतिदिनव्यथीतीका घटनाहरु वढिरहेका छन् । भएन भनेर शान्ती सुरक्षागर्ने प्रहरी माथि नै आक्रमण हुन थालेको छ ।





error: Content is protected !!