कांग्रेस सभापति नै पार्टी छोडेर वामपन्थी गठबन्धन जिताउन लागे

बाजुरा – नेपाली कांग्रेस बाजुराका पूर्वसभापति मानबहादुर रावलले कांग्रेस परित्याग गरेका छन् । उनले आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा वामपन्थी गठबन्धनलाई समर्थन गर्ने घोषणा समेत गरेका छन् । नेता रावल गत संविधानसभामा कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेपनि एमाले नेता कर्णबहादुर थापासंग पराजित भएका थिए । यसपटक कांग्रेसले उनलाई टिकट नदिएपछी उनि असन्तुष्ट थिए ।उनले बुधवार विज्ञप्ति जारी गदै कांगे्रेस नेतृत्वले आफुलाई अन्याय गरेको बताए । रावलले आफ्ना सर्मथक र शुभेच्छुक सवैलाई वाम गठवन्धनलाई सहयोग गर्न आग्रह गरेका छन् । बाजुरा संघ र प्रदेश दुवैमा एमालेका उम्मेदवार चुनावी मैदानमा छन् । उनी एमाले प्रवेश गर्ने तयारीमा रहेको उनि निकट स्रोतले बतायो ।
यस्तो छ रावलको विज्ञप्ती










