अमेरिकी राजदूतले फेरी भेटीन् प्रधानमन्त्री देउवालाई, यस्तो छ भित्री रहस्य

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरीकी राजदूत एलिना बी टेप्लिजबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ ।

अमेरीकी राजदूत टेप्लिजले भेटमा आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनको तयारी बारेमा चासो राखेकी थिईन् । जवाफमा प्रधानमन्त्रीले तोकिएको समयमा चुनाव हुने बताएका थिए ।
माओवादी केन्द्र र एमालेबीच आगामी मंसिरमा हुने निर्वाचनमा तालमेल गर्ने र त्यसपछि पार्टी एकता गर्ने निर्णय भएपछि अमेरिकी राजदूतको सक्रियता बढेको छ ।

आगामी मंसिरमा हुने निर्वाचनमा बामपन्थी पार्टीहरुबीच तालमेल गर्ने एमाले र माओवादीको निर्णयपछि अमेरिकी राजदूतले प्रधानमन्त्री देउवालाई भेटेको यो दोस्रो पटक हो ।





error: Content is protected !!