भैली खेलेको रकम वाट विद्यालयमा सोलार

जाजरकोट (रासस) ः यहाँको कुशे गाउँपालिका वडा ५ स्थित रामचन्द्र प्राथमिक विद्यालयलाई सोलार सहयोग गरिएको छ ।
स्थानीय पाँचकाटियाका यूवा तथा यूवतीले भैली खेलेर जम्म गरेको रकम वाट विद्यालयलाई सोलार किनेर सहयोग गरेको प्रधानाध्यापक नीमवहादुर ओलीले वताउनुभयो । विद्यालयलाई ४० हजार वरावरको सोलार सहयोग गरेपछि विद्यालय व्यवस्थापन समितिले यूवा तथा यूवतीलाई धन्यावाद दिएको ओलीले वताउनुभयो ।
भैली खेलेको रकमवाट भोज, तथा विभिन्न फजुलमा खर्च हुँने गरेको थुपै उहाहरण देखिएको अवस्थामा पाँचकाटियाको यूवाहरुको यो कामले सकरात्मक सन्देश दिएको स्थानीय रामवहादुर पुनले वताउनुभयो ।










