प्रदेश र प्रतिनिधिसभाको लागि ८ सय ७ जनाको उम्मेदवारी

काठमाण्डौँ । आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ८ सय ७ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारहरूको मनोनयन दर्ता कार्यक्रम व्यापक जनसहभागितामा शान्तिपूर्णरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्र जेइओसी बाट प्राप्त पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभा सभातर्फ ४८४ गरी जम्मा ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मका लागि समय तोकिएको छ । उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । नयाँ पत्रिकावाट ।










