यसरी भयो जाजरकोटमा मनोनयन दर्ता

जाजरकोट ः जाजरकोटमा नेकपा (माओवादी केन्द्र ) र नेकपा एमाले वीचमा भएको सहमती तोडिएको छ । एमाले र माओवादीले प्रतिनिधी सभा र प्रदेश सभामा उम्मेदवारी दिएपछि सहमती तोडिएको हो । नेकपा (माओवादी केन्द्र)ले प्रदेश सभा का लागि जाजरकोट क्षेत्र नं १ वाट टिकट पाई गणेसप्रसाद सिंहले उम्मेदवार दत्र्ता गराएपछि एमालेको तर्फवाट प्रदेश सभाकै लागि क्षेत्र १ मा निरज आचार्यले उम्मेदवारी दिएपछि वाम गठवन्धन तोडिएको हो । क्षेत्र १ मा तोडिए संगै क्षेत्र नं २ मा पनि प्रदेश सभामा एमालेका उम्मेदवार करवीर शाहीको विरुद्धमा माओवादीका नरवहादुर कार्कीले वागी मनोनयान दत्र्ता गराएका छन् । त्यस्तै केन्द्रको सहमती मा प्रतिनिधी सभामा शक्तिवहादुर वस्नेतको उम्मेदारी विरुद्ध एमालेका गोविन्द विक्रम शाहले वागी उम्मेदवारी दत्र्ता गराएका छन् ।

नेपाली कांग्रेसको तर्फवाट प्रदेश सभा क्षेत्र नं १ मा वेदराज सिंह र २ मा दिपकजंग शाह र प्रतिनिधिसभाका लागि राजिवविक्रम शाहको उम्मेदवारी दत्र्ता भएको छ ।











