अन्ततः १० वर्षपछि कांग्रेसमा फर्किए विजयकुमार गच्छदार

काठमाडौं– नेपाली लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार अन्ततः कांग्रेसमा फर्किएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र फोरमबीच एकता घोषणा कार्यक्रम भएको हो। गच्छदारलाई उपसभापति दिने र लोकतान्त्रिक फोरमका १५ नेतालाई केन्द्रीय समितिमा ल्याउने समझदारी भएको छ।
गच्छदार १० वर्षअघि कांग्रेसबाट अलग भएर पार्टी खोलेका थिए।
र, अन्ततः उनी नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नै कांग्रेसमा मिसिएको हो ।
।










