दैलेखवाट यूद्धकालमा भुमिगत योद्धा सुसिल प्रदेश सभाका सदस्यामा सिफारिस

    दैलेख ।  बामपन्थी पारिवारिक पृष्ठभूमि भएका तथा भूमिगत जनयुद्धका योद्धाको रुपमा परिचित उपेन्द्र कुमार रावत सुशील दैलेख निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र न २ बाट प्रदेश सभा सदस्यमा सिफारिस भएका छन् । रावत नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट सिफारिसमा परेका हुन् । महान् जनयुद्धकालमा ६ वर्षसम्म भूमिगत जीवन बिताएका रावतको नाम दैलेखको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र न २ बाट प्रदेशसभा सदस्यमा सिफारिस परेकोमा त्यहाँका आम युवाहरु उत्साहित भएका छन् ।

केन्द्रीय महाधिवेशन आयोजक समिती सदस्य समेत रहेका रावतले २०५० बाट विद्यार्थी राजनिती शुरु गरेका थिए । रावत २०५४ देखि २०५५ सम्म अध्ययनका साथमा शिक्षण पेशामा सन्लग्न रहदै २०५५ देखि २०५८ सम्म क्याम्पसको विद्यार्थी राजनितिमा होमिए। २०५८ बाट तत्कालिन नेकपा माओवादी पार्टीमा प्रबेश गरी भुमिगत राजनीति सुरु गरेको रावतले झण्डै ८ बर्ष भुमिगत जीवन बिताएका थिए । रावतले राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।

 

Upendra Kumar Rawat को फोटो।पेन्द्र कुमार रावत २०४६ साल को आन्दोलनपछि घरपरिवार नै कम्युनिस्ट पार्टीमा लागेका थिए । सानै देखि कम्युनिस्ट राजनितीमा रुची राख्ने स्वभावका भएका रावतले नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएको कुरा जनयुद्धको भूमिगत राजनीति साक्षी छ । मिलनसार स्पष्ट वक्ता र शालिन स्वभावका धनी उपेन्द्र कुमार रावतलाई दैलेख क्षेत्र नं २ को प्रदेश क्षेत्र नं २ बाट प्रदेश सभा सदस्यमा विजयी गराउनु त्यहाँको युवाहरुको शान बढाउनुमात्र होइन त्यस क्षेत्रको विकासलाई घर घर दैलो दैलोसम्म पु¥याउनु हो भन्दा फरक नपर्ला ।

 





error: Content is protected !!