चौधौँ त्रिवर्षीय योजना सडक पूर्वाधार निर्माणका लक्ष्य पूरा भएन्न

आर्थिक वर्ष ०७३र७४ देखि कार्यान्वयनमा आएको चौधौँ त्रिवर्षीय योजनाको लक्ष्यअनुसार सडक पूर्वाधार निर्माणमा पहिलो वर्षको उपलब्धि नकारात्मक देखिएको छ । पहिलो वर्ष नयाँ सडक निर्माण, स्तरोन्नति, पुनर्निर्माण र पुनस्र्थापना, आवधिक मर्मत र पुनर्निर्माणको लक्ष्य पूरा नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, डोल्पा र हुम्ला जिल्ला सदरमुकामलाई सडकबाटोले जोड्ने लक्ष्य पनि पूरा हुन सकेन । डेढ दशकदेखि ती जिल्ला जोड्ने लिखित प्रतिबद्धता नीति तथा कार्यक्रमदेखि बजेटसम्म हुने गरेको भए पनि अझै लक्ष्य पूरा हुन सकेको छैन । भौगोलिक विकटता, कामदारको अभाव, पेट्रोलियम पदार्थ र मौसमका कारण पनि डोल्पा र हुम्लामा सडक पु¥याउन कठिन भएको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलको भनाइ छ ।
त्रिवर्षीय योजना ९०७३र७४ देखि ०७५र७६ सम्म० अन्तर्गतको पहिलो वर्ष ९गत आव० मा कुल १ हजार ५४ किलोमिटर नयाँ सडक निर्माण गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये ८ सय ९ किलोमिटर सडक मात्र निर्माण हुन सकेको छ । सरकारले योजना अवधिमा देशभर २ हजार किलोमिटर नयाँ सडक निर्माण गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा निर्माण भएको नयाँ सडक त्रिवर्षीय लक्ष्यको ४० प्रतिशत हो । ‘पहिलो वर्ष नै लक्ष्यको ४० प्रतिशत प्रगति हासिल गरिएकाले बाँकी रहेका २ वर्षमा उपलब्धि हासिल हुनेछ,’ महानिर्देशक सिग्देलले भने ।
त्यस्तै, आवधिक योजना अवधिभर सरकारले ३ हजार किलोमिटर सडक स्तरोन्नति, पुनर्निर्माण र पुनस्र्थापना गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष्यमध्ये आर्थिक वर्ष ०७३र७४ मा ९४ किलोमिटर प्रगति भएको छ । यो त्रिवर्षीय लक्ष्यको ३ दशमलव १० प्रतिशत हो । सडक स्तरोन्नति, पुनर्निर्माण र पुनस्र्थापनाको काममा पहिलो वर्ष योजना निर्माण र पूर्वतयारीको काम धेरै भएको, तर निर्माणको कामले चालू आवदेखि गति लिने सडक विभागको भनाइ छ ।
आवधिक मर्मतअन्तर्गत त्रिवर्षीय योजनाको पहिलो वर्ष १ सय ९५ किलोमिटर मर्मत भएको छ । जबकि ६ सय किलोमिटर सडक मर्मत गर्ने वार्षिक लक्ष्य थियो । यो त्रिवर्षीय लक्ष्यको १० दशमलव ८३ प्रतिशत हो । त्रिवर्षीय अवधिमा १ हजार ८ सय किलोमिटर मर्मत गर्ने तयारी छ ।
हरेक वर्ष सय पुल
आर्थिक वर्ष ०७५र७६ मा सम्पन्न हुने त्रिवर्षीय योजनाले प्रत्येक वर्ष १ सयवटा पुल निर्माण गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष्यअनुसार पहिलो आव ०७३र७४ मा प्रगति हासिल हुन नसकेको सडक विभाग पुल महाशाखाले जानकारी दिएको छ । पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार ७२ वटा पुल सम्पन्न भएका छन् । जबकि सरकारले १ सयवटा पुल सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको थियो ।










