खलंगा — रिम्ना सडक सुचारु

जाजरकोट (रासस) ः जाजरकोट डोल्पा सडक खण्ड अन्तर्गत ठाँटीवजार न्यूरोडको सडक सोमवार देखि सुचारु भएको छ ।
करिव एक महिना लामो मर्मत कार्य सम्पन्न भएपछि आज वाट सडक सुचारु भएको भेरी नगरपालिकाका उपमेयर भावना भण्डारीले जानकारी दिनुभयो । सडक सञ्चालनमा आए संगै खलंगा रिम्ना र खलंगा वाट देशका विभिन्न ठाउँमा जाने र आउने कार्यमा सहजता आएको छ । एक महिना अघि वर्षातका कारण न्यूरोडमा सडक भत्किएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी र नगरपालिका वीच आ आफ्नो अडानका कारण निर्माणमा ढिला भएको थियो ।
अहिले अस्थायी रुपमा सडक एक तर्फी खोलिएको छ । यो सडक भत्किए संगै आधा दर्जन घरहरु पनि जोखिममा परेका थिए । करिव साडे ६ लाख मा सडक मर्मत भएको भेरी नगरपालिकाका लेखापाल डम्मर विष्टले जानकारी दिनुभयो ।
हेमन्त के सी ———










