तोकिएको भन्दा दोव्वर भाडा लिएको आरोप

जाजरकोट ः जाजरकोट डोल्पा सडक खण्डको छेपारे राडी वजार सम्म सञ्चालनमा रहेका जीपहरुले दोव्वर भाडा असुलेको पाईएको छ ।
तिहारको लागि घर फर्कने यात्रुहरुवाट मनलाग्दो भाडा उठाएर यात्रा गर्न वाध्य पारेको जिल्ला पशु सेवा कार्यालयका गोविन्द सिंहले जानकारी दिनुभयो । १२ जना क्षमता भएको जीपमा किलाकोच यात्रुहरु राखेर मनलाग्दी भाडा असुलेको उहाँले वताउनुभयो । छेपारेवाट राडी वजार सम्म प्रतिव्यक्ती रु २ सय भाडा दर भएपनि ५ सय भन्दा वढी भाडा असुलेको उहाँले वताउनुभयो । कच्ची तथा जोखिम यूक्त वाटोमा यसरी चर्को भाडा लिएर क्षमता भन्दा वढी यात्रुहरु राख्दा निकै जोखिम मोल्नु परेको यात्रुहरुले वताएका छन् ।
दैनिक दर्जन भन्दा वढी जीपहरु यस सडकमा गुड्ने गर्दछन् । छेपारे देखि राडी वजार सम्म प्रहरी चौकी नभएका कारण यातायात व्यवसायीको थप दादागिरी मौलाएको छ । यहाँ सिस्ने यातायात , रुकुम यातायात र सानीभेरी यातायात गरि तीन वटा समितिले जीपहरु सञ्जालन गदै आएका छन् । साना जीपको छतमा समेत यात्रुहरु राख्दा जती खेर पनि दुर्घटना हुँने सम्भावना रहेको स्थानीयको भनाई छ । केही समय अघि मात्र क्षमता भन्दा वढी यात्रुहरु रहेको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो ।



