किन रामवहादुर राम वन्न सकेन ?

संसारको स्वाभिमानी मान्छे वन्नका लागि अद्यम्य शक्ति लगाएर दिन रात गरिएको मेहनतलाई कुकँया सम्झेपछि वेदनाका पहाड अत्यन्तै चिसा हुँदा रहेछन् । जसको लागि दिन रात रगतलाई जीवन सम्झी जीवनको प्रवाह नगरि गरिने कठोर मेहनत वुझनेले नवुझेपछि पिडाको भावले अनत्त मेहनती मानिस जिउदो लास वन्दो रहेछ ।
संसारका अनेक पिडा सहेपनि आत्मिय मान्छेको पिडा वन्दुकको नाल निक्लिएको गोली भन्दा कयौँ गुणा भयानक हुँदो रहेछ । चन्द्रमा छुने ईच्छा र गरिएका मेहनतका सवै प्रयासहरु एका एक चैत्र मासमा औलाएका वृक्षका पात झै हुँदा रहेछन् । देख्छु संगैका साथिका आत्मियहरु आत्म साटिएकाहरु संग मिठा भलाकुसारी गरेको , मलाई भने पिडा रुपी पहिरोले आत्मलाई दरिलो व्रज प्रहार हुँने गर्दछ । यस्तै यस्तै पिडा सुनाउदै थियो वाँसुरी वजाएर एकान्तमा रामवहादुर ? उसका पिडा सुनिदिने र वुझीदिने मानिस कोही नभएपछि उसले जंगलमा गएर वोट,विरुवा र चरा चुरुङ्घी संग वेदना वाँसुरीको धुन मार्फन पोख्ने गरेको सुनायो । कहिले उसका पिडाहरु आक्रोषमा वदलिन्छ त , कहिले आफै भित्र खरानी वन्छन् । पिडा र आक्रोषको विचमा उसका दिन दैनिक कम हुँदै छन् । किनकी उ दैनिक उमेरले वाटो काट्दै छ । जसका लागि उसले मेहनत गर्छ उसैले नै रामवहादुरलाई अनेक थरि वाँणहरु तसेउदा उसका काम गर्ने जाँगर मर्दै जान्छ र उसका प्रतिस्पर्दीले त्यसको फाईदा उठाउछन् । जस घर कम्जोर हुन्छ शंकाका घेराहरु साँघुरा हुँदै जान्छन् त्यसरी मानिसका हरेक सकरातमक कामहरु सवै आफन्तीले हेर्ने आखाहरु पनि धमीला हुँने गर्दछन् ।
एक आगो र अर्को पानि नहुँदा कुनै काम गर्न सकिन्न र कि सहमती ,सहकार्य वढी चाहिन्छ । तर रामवहादुरको काम गराईमा न त सकरात्मक देखिन्छ न त धन्यावाद दिईन्छ , दिईन्छ मात्र दैनिक पिडा मात्र । उसले आफन्तकै नाममा कम्पनी खोलेको छ तर उ त्यसको कामदार मात्र हो । उ हरेक कार्यमा आफन्तको नाम लिन्छ तर आफ्नो नाम प्रर्दा पछाडी मात्र राख्छ तर उसका आफन्तले त्यो सवै देख्दैन्न । रामवहादुरलाई सधै विभिन्न आरोप लगाईन्छ । नाममा मात्र राम भएर के गर्नु आफन्तले राम जस्तो उसलाई कहिले वुझदैन्न । उसको हरेक काम अहिले घर भित्र वाटै असहयोग हुँदा विस्तारै उसको वौद्धिकता हराउदै गएको छ । घरमा दैनिक सकरातमक कामको छलफल भन्दा पनि उसले गरेका राम्रा कामको नराम्रो तरिकाले खिल्ली उडाईन्छ ।
रामवहादुरका साथिहरु ,मधिरा ,लागु औषध , अनि के के खान्छन् तर उ कहिले पनि त्यस तर्फ ध्यान दिदैन् , ध्यान जाँन्छ त हरेक दिन समाज परिवर्तका लागि संर्घष ? उसका हरेक संर्घष मय दिन घर वाहिरका लडाई भन्दा पनि घर भित्रकोे लडाई निकै भुसको आगो जस्तै गरेर फैलिएको हुन्छ । वाहिर दुनिया र उसका पैतिस्पर्दीले खुट्टा काट्नै भए ।
भित्र भित्रै आफन्तले रामवहादुरको जिन्दगी सकाउदा अव उसको कुरा एकान्त वन जंगलमा मात्र हुँने गरेको छ । एउटा व्यक्ति सफल हुँन उसका सवै सहयात्री , परिवारले रचनात्मक सल्लाह ,सुझाव र काम गरेमात्र जुन सुकै मानिस सफल हुँन्छ । आफन्तवाटै गतिशिल पाईहलाहरु रोक्ने प्रयास गरेमा असफलताको घडी झन गतिमा दौडिने गर्दछ । उहाँ रामवहादुर को काम राम जस्तै अव कहिले वन्ला अनि उसको पिडा र वेदना कसले सुनिदेला । काम गर्ने व्यक्तिलाई उचित वातारण कहिले आउँला । यी कथाका रामवहादुर जस्तै यो देशका महान तथा होनाहार सयौँ रामवहादुरले काम गर्न पाएका छैन्न । नत काम गर्ने वातावरण नै पाएका छन् ।
काल्पनिक कथा , अविरल यात्री ।





error: Content is protected !!