घरदैलोमा सामाजिक सुरक्षा रकम वितरण गर्दै जनप्रतिनिधि

रेशम बहादुर खड्का
जाजरकोट २८ असोज ः यहाँको जुनिचाँदे गाउँपालिका वडा न १ का भिउसिङ बुढा जहिले पनि जेष्ठ नागरिकले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता लिनका लागि सकिनसकी साबिकको गाविस कार्यालय मजकोट पुगेको सम्झनुहुन्छ । बुढेसकालमा हिड्न नसक्ने बुढा लाई एकजना साथी नभई हुदैन्थ्यो । दिन भरी हिडेर हैरान हुने बुढा धौधौ आफ्नो घर फर्कनुहुन्थ्यो । यो पटक भने उहाँलाई घर छोडेर जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षाको भत्ताको लागि कतै जानु परेन ।
जुनिचाँदे गाउँपालिकाका भीत्रका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई घरमै बुझाउने नीति अनुरुप वडा न १ वडा अध्यक्ष चन्द्र बहादुर शाही भिउसिङको घरमै गएर उहाँले पाउने ८ हजार रकम बुझाउनुभयो । आफनो घरमै वडा का अध्यक्षबाट जेष्ठ नागरिक भत्ता पाएपछि खुसी भएको बताउनुभयो । पहिला पहिला कहिले काही पाइदैन्थ्यो, पाए पनि धेरै समय कुर्नुपर्ने हुन्थ्यो, अहिले घरमै पैसा पाइयो, सधै भरि आफुहरुलाई यसरी नै जेष्ठ नागरिक भत्ता घरमै दिए धर्म लाग्ने थियो । उहाँले भने वडा ले वितरण गर्ने सामाजिक सुरक्षाको रकम नियमित रुपमा घरमै पुरयाएमा जेष्ठ नागरिकहरु प्रतिकोे सम्मान हुने शाहिले बताउनुभयो ।
जुनिचाँदे गाउँपालिका वडा न १ कि कनदरी कार्की पनि घरमै सामाजिक सुरक्षाको पैसा पाउँदा निकै खुसी भएको बताउनुहुन्छ । राज्यले माया गरेर दिएको रकम जनप्रतिनिधिहरुले घरमै पुर्याउँदा सजिलो भएको छ, यस्तो ब्यवस्था मिलाउने वडा न १ का वडा अध्यक्ष चन्द्र बहादुर शाहि, लेखा सहायक प्रेम बहादुर कार्की गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर के सि लगाएत सबै प्रति धन्यवाद दिन चाहन्छु” उहाँले भन्नुभयो ।
विगतका समय भन्दा फरक पन दिन र नागरिकहरुलाई प्रत्यक्ष राहतको महशुस गराउँनका लागि सामाजिक सुरक्षा भत्ता वापतको रकम घरमै पुगेर सम्बन्धित ब्यक्तिलाई बुझाउने गरेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसिले बताउनुभयो । “विगतका वर्षहरु नजिकको आफन्त तथा नातेदारले बुझेर सम्बन्धित ब्यक्तिलाई नदिने, जेष्ठ नागरिकको उपचार तथा अन्य सेवाका लागि दिइने भत्ता वापतको रकम अन्यत्र खर्च हुने गरेको जनगुनासो आयो, यसले गर्दा सम्बन्धित ब्यक्ति भन्दा अरुले खर्च गर्ने चलन बढेको र उनीहरुको हातमा नपर्ने देखिएकोले यो पटक देखि हामीले सवैको घरघरमा गई सम्बन्धित ब्यक्तिलाई दिने योजना अनुसार सबैलाई घरमा गएर वितरण गरेका छौ” उहाँले भन्न्ुभयो । दलित बालबालीकाले पाउने रकम आमा र बाबुलाई दिने र यस बाहेक जसको नाममा रकम निकाशा हुन्छ उसलाई मात्रै बुझाइने गाउँपालिकाका अध्यक्ष के सि बताउनुभयो । जुनिचाँदेको सबै वडामा सामाजिक सुरक्षा भत्ता बितरणमा पारदर्शीक तरिकाले काम सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।
वडा न १ भित्र रहेका जेष्ठ नागरिक अन्यलाई प्रति महिना एक हजार उपचार खर्च सहित २ हजार, दलित जेष्ठ नागरिकलाई २ हजार, एकल महिलालाई १ हजार, विधुवा महिलालाई १ हजार, पुर्ण अपाङ्गगलाई २ हजार, आंसिक अपाङ्गलाई ६ सय, पाँच वर्ष मुनीका दलित बालबालीकालाई ४ सयका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जुनिचाँदे गाउँपालिकाका लेखा सहायक प्रेम बहादुर कार्कीले जानकारी दिनुभयो ।
साथै उक्त वडामा २०७४ साउन देखि २०७४ कार्तिक सम्म ११ लाख २१ हजार ४ सय रकम बितरण गरिएको छ । जिल्लाका त्रिवेणी नलगाड नगपालिकामा पनि दैनिक जनप्रतिनिधी गाउँ गाउँमा गएर भत्ता वितरणमा लागेको पाईएको छ ।
जनप्रतिनिधीहरुले वडा भित्र रहेका जेष्ठ नागरिकलाई उनिहरुले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता वुझाउन घरदैलोमा पुग्ने गरेका हुन । वडा भित्र भएका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वुझाउन वडा अध्यक्ष र कर्मचारीहरु गाँउ गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको त्रिवेणी नलगाड नगरपालिका का मेयर टेकवहादुर रावलले वताउनुभयो ।



