मन्त्रिपरिषद विस्तार आचारसंहिता विपरीतस् निर्वाचन आयोग राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै, सपथ ग्रहण अन्योलमा

काठमाडौं । निर्वाचन आओगले प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो गरेको मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता विपरीत भएको ठहर गरेको छ ।
भेरीखवर संग आयोगका प्रवक्ता नवराज ढकालले भने ‘आयोगले वारम्वार सचेत गरार्इरहँदा पनि आचारसंहिता मिचिएको छ’ प्रमुख आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेपछि आयोगको औपचारिक धारणा सार्वजनिक हुन्छ ।
यो सँगै नयाँ मन्त्री र राज्यमन्त्रीहरुको सपथग्रहण अन्योलमा परेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्री र राज्यमन्त्रीहरुको सपथग्रहण अन्योलमा परेको हो ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारको कदमप्रति रुष्ट बनेका निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले आज बिहान यसबारे छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग समय मागेका छन् ।
यादवले विहान ११ बजे राष्ट्रपतिलाई भेट्ने समय तय भएको छ । शीतलनिवासको नभई प्रमुख आयुक्तकै पहलमा राष्ट्रपतिसँग भेट तय भएको हो ।
प्रधानमन्त्री देउवाले शुक्रबार साँझ कमल थापासहित राप्रपाका ८ जना नेताहरुलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर, राष्ट्रपतिले सपथ ग्रहणको समय उपलब्ध गराएकी छैनन् ।
शनिबार सपथग्रहण गर्ने भनिए पनि यसमा निर्वाचन आयोगले आपत्ति जनाएको छ ।
संवैधानिक निकायका रुपमा रहेको आयोगले सरकारको कदम आचारसंहिता विपरीत ठहर भएमा यसलाई रोक्न सक्ने अधिकार राख्छ ।
यसअघि पनि निर्वाचन आयोगले आपत्ति जनाउँदा जनाउँदै प्रधानमन्त्री देउवाले जवरजस्ती सरकार विस्तार गर्दै आएका छन् ।



