कर्मचारीले तलव पाएन्न

जाजरकोट , असोज ः यहाँका गरिवसंग विश्वेस्वर कार्यक्रमका कर्मचारीले तलव पाएका छैन्न । सावन देखि अहिले सम्मको तलव नपाएको कर्मचारीले वताएका छन् ।
जिल्लामा यस कार्यक्रमका ६ जना कर्मचारी रहेका छन् । अन्य जिल्लाका सवै कर्मचारीले दशैको तलव , भत्ता वुझे तर हामीले भने तलव सम्म वुझन नपाएको छेडागाड नगरपालिकामा कार्यरत रहेका रामवहादुर वुढाले वताउनुभयो ।
सम्वन्धित निकायलाई तलवका लागि अनुरोध गरेपनि तिहार मुखमा आउने समय सम्म तलव पाउन नसकेको त्रिवेणी नलगाड नगरपालिकामा कार्यरत निर्जला रावलले वताउनुभयो ।
स्थानीय विकास कोषका लेखापाल उदयवहादुर रानाले अक्तियारी नआउँदा कर्मचारीलाई तलव उपलव्ध गराउन नसकेको वताउनुभयो । सावन देखि अहिले सम्म विना तलव काम गरिेहेको उहाँले वताउनुभयो ।



