सरुवा भएका हाकिमले लिन थालेको गाडी नियन्त्रणमा

जाजरकोट असाेज : जिल्लान्तर सरुवा भैसकेका सिंचाई विकास सव डिभिजन कार्यालय जाजरकोटका डिभिजन प्रमुख थलबहादुर तामाङले अनुमति बिना लिएको कार्यालयको गाडी स्थानीय प्रशासनल विहिवार नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको सहयोगमा कोहलपुर चिसापानीबाट उक्त गाडी नियन्त्रणमा लिइएको जाजरकोेटका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताउनुभयाे ।
डिभिजन प्रमुख तामाङको रामेछाप सरुवा भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले सिँचाई विकास सव डिभिजन कार्यालय जाजरकोटलाई गत वैशाखमै गाडी उपलब्ध गराएको थियो । तर कार्यालय प्रमुख रहेका तामाङले चिठी लुकाएर हाल सम्म कार्यालयमा गाडी दाखिला नगरेर निजी प्रयोजनमा प्रयोग गदै आएका थिए । बा २ झ २५९८ नम्बरको गाडी नेपालगञ्जबाट शुक्रवार नै फिर्ता गर्ने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी शाहीले जानकारि दिनुभयाे ।
‘कार्यालय प्रमुखको नियत खराव देखियो । गाडी ल्याएको ६ महिना बितिसक्दा पनि कार्यालयमा दाखिला नगरेको र सरुवा भएर जाँदा पनि स्थानीय प्रशासनको अनुमति नलिएर आफु सरुवा भएको कार्यालयमै गाडी लैजान खोजेकोले गाडी नियन्त्रणमा लिएका हौं’ प्रजिअ शाहीले भने ‘गाडी रामेछाप नै लैजाने र सोर्स फोर्स लगाएर उतै गाडी राख्ने नियत देखियो ।’
जाजरकोट रहँदा अनियमितताको आरोपमा चौतर्फी आलोचना खेपेका तामाङले आफू सरुवा भएको कार्यालयमै उक्त गाडीलाई दाखिला गराउने उद्देश्यले जाजरकोटमा दाखिला नगरेर लिएको हुन सक्ने सिँचाइ विकास सव डिभिजनका नायव सुब्बा विरबहादुर वताउनुभयाे
। हाल सम्म कार्यालयमा गाडी दाखिला नगर्नुले पनि त्यही कुराको पुष्टि गर्छ नासु विकेले भन्नुभयाे ।



