अभिनेत्री रेखा थापाको कार दुर्घटना

काठमाण्डौ । नायिका रेखा थापा कार दुर्घटनामा परेकि छिन् । चलचित्र ‘रुद्रप्रिया’को प्रमोसनमा व्यस्त रहेकी थापाको बुधवार एक अन्तवार्ता दिएर फर्किने क्रममा दुर्घटना भएको हो ।

,बुधबार दिउँसो करिब सवा १२ बजे चावाहिलमा माल बाहक ट्रकले धक्का दिंदा कारमा क्षति पुगे पनि कुनै मानविय क्षति भने भएको छैन । कार रेखा आँफैले चलाईरहेकि थिईन ।

रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा छन । रिलिज हुन लागेको चलचित्र रुद्रप्रियाको प्रमोशनमा व्यस्त रहेकि रेखा टिभी फिल्मीबाट अन्र्तवार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा दुर्घटनामा परेकि हुन ।





error: Content is protected !!