भारतलाई पाकिस्तानको धम्की ‘सर्जिकल स्ट्राइक’ भए पाकिस्तान चुप लागेर बस्दैन

काठमाडौं–भारतले पाकिस्तानभित्र ‘सर्जिकल स्ट्राइक’ वा परमाणु केन्द्रमाथि हमला गर्न सक्ने क्षमता आफूसँग बताएपछि पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफ कडा चेतावनी दिएका छन्।
वाशिङटनमा आयोजित एउटा कार्यक्रममा पाकिस्तानी विदेशमन्त्री आसिफले आक्रमण गरिएको अवस्थामा पाकिस्तान चुप लागेर बस्न नसक्ने चेतावनी दिएका हुन्। त्यस्तो अवस्थामा पाकिस्तानबाट कुनै किसिमको धैर्यको अपेक्षा नगर्न पनि उनले भारतलाई सुझाव दिएका छन्।
भारतीय वायु सेनाका प्रमुख वीरेन्द्र सिंह धनोआले केही दिन अघि मात्र पाकिस्तानका परमाणुसहितका केन्द्रहरुलाई ध्वस्त पार्ने क्षमता भारतसँग रहेको बताएपछि पाकिस्तानी विदेशमन्त्रीले त्यसको जवाफ दिएका हुन्।
अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री ख्वाजाले आफ्ना अमेरिकी समकक्षी रेक्स टिलर्सन र राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरसँग भेटवार्ता गरेका छन्।
पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा पछिल्लो समय देखिएको तनाव अन्त्य गर्ने प्रयासमा ख्वाजाको भ्रमण केन्द्रित रहेको बताइएको छ।
गत अगष्टमा दक्षिण एसियासम्बन्धी आफ्नो नीतिबारे बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले ुआतंकवादीहरुलाई आश्रय दिने काम पाकिस्तानले बन्द गर्नुपर्नेु बताएका थिए।



