प्रचण्डको अभिव्यक्तिः माओवादी सरकार ढाल्ने पक्षमा छैन, प्रधानमन्त्री भन्नुहुन्छ भने हामी छाड्न तयार छौं

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन्।
यद्यपी, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भनेमा आफूहरु छोड्न तयार रहेको उनले बताए।
‘हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौं’, शनिबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भन्छन् भने हामी छोड्न तयार छौं, हाम्रो एक मात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो।’

गत मंगलबार मात्र एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच चुनावी तालमेल भएपछि सत्तारुढ कांग्रेस माओवादीसँग चिढिएको छ। सरकारमै रहेको दलले विपक्षीसँग गठबन्धन गरेपछि सरकारबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रचण्डको भनाई बाहिर आएको हो।





error: Content is protected !!