देउवाले भने–चुनौतिलाई अवसरको रुपमा लिउँ

रमेश सापकोटा, काठमाडौं
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम दलहरु एक ठाउँमा मिलेपछि देखिएको चुनौतिलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन् । बालुवारमा शुक्रबार बिहान केन्द्रीय समितिको बैठक सुरुवात गराउँदै सभापति देउवाले एक भएर जाँदा चुनौतिको सामना गर्न सकिने बताएका हुन् ।
‘वाम दलहरु मिलेपछि हामीलाई चुनौति भएको हो’ देउवाको भनाइ उद्यृत गर्दै केन्द्रीय सदस्य रमेश रिजालले नयाँ पत्रिकासित भने , ‘अब हामी सबै एक गयौं भने यो चुनौतिलाई अवसरमा बदल्न सक्छौं । सबै इमान्दार भएर जुटौं ।’देउवाले शुक्रबार नै उम्मेदवार चयन गर्ने संसदीय बोर्ड गठन गर्ने आश्वासन पनि बैठकलाई गराएका छन् ।

नेताहरुले गलत गठबन्धनविरुद्ध एक भएर अघि बढौं
धारण राख्ने क्रममा केन्द्रीय सदस्यहरुले लोकतान्त्रिक गणतन्त्रलाई नै अवरोध गर्ने प्रयास स्वरुप ध्रुवीकरणमा एमाले र माओवादी लागेको भन्दै आन्तकिर एकतालाई बलियो बनाएर निर्वाचनमा लाग्नुपर्ने बताएका छन् ।
महेश आचार्य
‘अहिलेको अवस्थालाई चिरफार गरेर ट्याकल गर्नलाई हामी सक्षम छौं भन्ने सन्देश यी बैठकबाट दिउँ’ केन्द्रीय सदस्य महेश आचार्यले भने , ‘यस्तो सन्देश जनतासमक्ष पुर्याउँदा नआत्तिकन अघि बढ्यौं भने हामीले यो गठबन्धनबाट डराउनु पर्दैन ।’ युवा नेता गगन थापाले पनि वाम गठबन्धनबाट आत्तिन नहुने बताए । ‘वाम गठबन्धनबाट हामी कोही पनि नआत्तिकन निर्वाचनमा जाउँ । हामीले भनेको तालमेलले केही शक्ति आर्जन गर्न सहयोग गर्छ’ थापाले भने, ‘तर, यो भन्दा बढी हामी आफैं एक भएर हामी नै लोकतन्त्र, प्रजातान्त्र र परिवर्तनका पक्षधर हौं भन्ने सन्देश दिंदा हामी निर्वाचनमा डराउनै पर्दैन ।’भीष्मराज आङदेम्बे, वीरबहादुर बलायर, केशवकुमार बुढाथोकी, एनपी साउद, डिला संग्रौलासहित नेताले धारणा राखेका छन् । उनीहरुले वाम एकताबाट एमाले, माओवादीभित्र पनि खैलाबैला भएको भन्दै आन्तरिक एकता र लोकप्रियलाई टिकट दिद सक्दा कांग्रेस बलियो हुने धारणा राखेका छन् ।
सत्ता स्वार्थ र संविधान कार्यान्वयन हुन नदिने गरी वाम गठबन्धन
वाम गठबन्धनपछि फेरिएको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै महामन्त्री डाशशांक कोइरालाले बैठकमा चारवटा प्रस्ताव पेश गरे । जसमा वाम एकता, सत्ता स्वार्थबाट प्रेरित भएको, विरोधाभासपूर्ण रहेको र संविधान कार्यान्वयन, लोकतन्त्रिक मूल्य मान्यतालाई चुनौतिी दिने गरी अघि बढेको उल्लेख छ । यस्तो प्रयासलाई सफल हुन नदिन कांग्रेस एक भएर अघि बढ्नुपर्ने उनको प्रस्तामा उल्लेख छ ।
प्रजातन्त्रवादीबीच चुनावी तालमेल
महामन्त्रीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विचार मिल्ने प्रजातान्त्रिक दलसँग चुनावी तालमेल गरेर जानुपर्ने विषय पनि अघि सारेका छन् ।
उम्मेदवारको टुंगो २५ असोजभित्रै
महामन्त्रीले यस अघि ढिलो उम्मेवदारी चयन गर्दा पार्टीले बेहोर्नुपरेको क्षतिलाई लक्षित गर्दै त्यस्तै २५ असोजभित्र उम्मेदवारको टुंगो लगाइसक्नुर्ने विषय पनि प्रस्तावमा उल्लेख गरेका छन् ।
समानुपातिकलाई अब फेरि समानुपातिकमा नपारिने
दुई पटक सांसद बन्ने अवसर पाएकालाई यसपटक समानुपातिक सांसद नबनाउने प्रस्ताव पनि महामन्त्रीको छ । स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखलाई पुनः टिकट नदिने, उम्मेदवार, विद्रोही र विद्रोहीका प्रस्ताव, समथर्कलाई पनि टिकट नदिने प्रस्ताव गरिएको छ ।अर्को बैठक पुनः दिउँसो ४ बजे बस्नेछ ।









