वाम र लोकतान्त्रिक गठबन्धनको चर्चा चलिरहेका बेला दश दलका गठबन्धन सडकमा उत्रिर्दै

banner    काठमाडौँ । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चर्चा चलिरहेका बेला साना दलका गठबन्धनले भने आज सरकार विरुद्ध प्रदर्शन गर्दै छन्।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले,  मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, साध्यबहादुर भण्डारी नेतृत्वको जनमोर्चा नेपाल, नेकपा माक्र्सवादी, नेकपा संयुक्त माक्र्सवादी, जनसमाजवादी पार्टीलगायत दश दलले गठबन्धन बनाएर आज शान्तिवाटीकामा सरकार विरुद्ध प्रदर्शन गर्ने भएका हुन्।

गत वर्ष सप्तरीको तिलाठीमा नेपाली भूमी अतिक्रमण गरिएको भन्दै भारतीय पक्षसँग लडेका देवनारायण यादवलाई केही दिनअघि भारतीय प्रहरीले पक्राउ गर्दा पनि सरकार मौन रहेको भन्दै दश गठबन्धनले सरकारविरुद्ध प्रदर्शनको तयारी थालेका हुन्।

भारतीय प्रशासनले तिलाठीमा यादवले गरेको प्रतिकारको प्रतिशोध लिनका निम्ति पक्राउ गरेको भन्दै भारतीय पक्षको निन्दा गर्दै दश दलको संयुक्त बैठकले सरकार विरुद्ध प्रदर्शन गर्न लागेको हो।





error: Content is protected !!