छोरी बलात्कार गर्नेहरुसँग बदला लिदैं सञ्जय दत्त !

मुम्बई। भारतीय चलचित्र उद्योग बलिउडका एकजना चर्चित कलाकार सञ्जय दत्त पुनः चलचित्रमा फर्किएका छन्।
उनी चार बर्ष जेल जिवनपछि पुनः यस क्षेत्रमा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छन्।
चार बर्षको जेल जिवनपछि उनले पहिलो पटक भुमी नामक उनीद्वारा अभिनित चलचित्रको बारेमा शुक्रबार पोस्टरमार्फत जानकारी गराइएको छ।
उक्त चलचित्रमा उनले नायिकाको बुबाको भूमिका निर्वाह गरेका छन्। शुक्रबारै सो चलचित्र सार्वजनिक हुने पोस्टर भारतका विभिन्न स्थानमा टाँसिएको छ।
चलचित्रमा नायिका रहेकी आफ्नी छोरीलाई बलात्कार गर्नेहरुलाई बदला लिने एक जना सशक्त बुबाको भूमिकामा उनले सो चलचित्रमा भूमिका निर्वाह गरेका छन्।
उनी सन् २०१६ मा जेलमुक्त भएका थिए। सन् १९९३ मा भएको मुम्बई बम हमलाका समयमा उनीमाथि हतियार आपूर्ति गरेको आरोप लागेको थियो। सोही अभियोगका लागि उनी चार बर्ष जेल बस्नुपरेको थियो।
अन्ठाउन्न बर्षीय दत्त पुनः चलचित्रमा भएको समाचार भारतीय सञ्चारमाध्यमहरुका साथै शुक्रबारका सामाजिक सञ्जालहरुमा पनि राखिएको बताइएको छ।
ओमुङ् कुमारले निर्देशन गरेको सो चलचित्र सञ्जय दत्तकै कारण निकै चर्चित हुने अपेक्षा सर्वत्र गरिएको ती समाचारहरुमा जनाइएको छ।
सञ्जय दत्तलाई मन पराउने सर्वासाधारणहरुले उक्त चलचित्रको टिकट पहिले नै लिइसकेका र चलचित्र हलमै पुगेर हेर्ने योजना बनाएको जनाएका छन्।
उनले यसबाहेक अरु तीन वटा चलचित्रमा अभिनय गर्दैन्। ती चलचित्रको छायाङ्कनका लागि उनी केही महिनादेखि नै निकै ब्यस्त रहदै आएका छन्।



