रुकुममा माओवादीले आज उम्मेदवार छनौट गर्दै, पश्चिममा जनार्दन निर्विकल्प

janardan_sharma_fxom1vq6sv    आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) पुर्वी र पश्चिम रुकुमले आज सोमवार उमेद्वारको अन्तिम टुङ्खो लगाउँदै छ ।

आजै पूर्वी र पश्चिम रुकुमको उमेद्वारको टुङ्गो लगाइने माओवादी रुकुमले वताएको छ ।

माओवादी श्रोतका अनुसार पूर्वी रुकुमबाट प्रतिनिधि सभा सदस्यको लागि पूर्वमन्त्री गणेशमान पुन र अर्का नेता पूर्ण घर्ति आकांक्षि देखिएका छन् ।

दुइ जनामा पूर्व मन्त्री समेत रहेका गणेशमान पुनले पाउने सम्भावना वलियो रहेको वताइएको छ । यदि त्यसो भएमा पूर्ण घर्तिलाई पूर्वी रुकुमको क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यमा पठाइने छ ।

त्यस्तै प्रदेश सभाका लागि भने क्षेत्र नम्बर १ बाट माओवादी केन्द्र पुर्वी रुकुमका इन्चार्ज तेजबहादुर ओली निर्विवाद जस्तै देखिएका छन् । प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ कमला रोकाको संभावन वलियो रहेको वताईएको छ ।

पूर्वी रुकुमबाट संघमा १ र प्रदेशमा २ निर्वाचन क्षेत्र कायम गरिएको छ ।

पश्चिम रुकुमबाट प्रतिनिधिसभाका लागि जनार्दन शर्मा निर्विकल्प

प्रतिनिधि सभामा पश्चिम रुकुमबाट भने गृहमन्त्री जनार्दन शर्मा निर्विकल्प हुने भएका छन् ।

प्रदेश सभामा भने पश्चिम रुकुममा आकांक्षिहरु धेरै देखिएका छन् । प्रदेश सांसदमा गोपाल शर्मा ‘अनल’, बिमला केसी, महेन्द्र केसी ‘पारसमणि’, बुद्धिप्रकाश शर्मा, रातो कामी, पहलसिंह घर्ती, दीपेन्द्र विक, पुष्प वादी, चन्द्र विक, निमवहादुर वुढाथोकीलगायत आकांक्षी रहनुभएको छ । जसमध्ये प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा बिमला केसी र २ मा गोपाल शर्मा ‘अनल’को संभावना बलियो रहेको एक नेताले बताए ।
केहीलाई समानुपातिक पठाइने छ ।
गएको स्थानीय तह निर्वाचनमा रुकुमका दुवै जिल्लामा माओवादीले क्लिन स्वीप गरेको थियो । त्यस्तैगरी रुकुमका दुवै जिससमा माओवादी केन्द्रले एकलौटी जीतेको छ ।   -सिस्ने अनलाइन





error: Content is protected !!