संसद भवन अगाडीबाट १५ डाक्टर पक्राउ

काठमाडौं । सरकारले व्यवस्थापिका  संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने खोजीएको भन्दै सोमवार बिहान संसद भवन अगाडि प्रदर्शन गर्न पुगेका डाक्टरहरू आन्दोलनमा उत्रिएपछि पक्राउ परेका छन् । सोमवार बिहान ९ बजे १५ जना डाक्टरहरु संसद भवन बानेश्वरबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा डा गोविन्द केसीका समर्थकहरु डा. जीवन क्षेत्री, डा अभिशेषक सिंह, आईओएमका विद्यार्थी विशद दाहाललगायत छन् । आजै ११ बजे डा.गोविन्द केसी १२औं अनशन बस्ने भएका छन् ।





error: Content is protected !!