सडक ग्राभेल गर्दा सालका रुखहरु जथाभावी काटिएको स्थानीयको गुनासो

जाजरकोट, खलंगा देखि पाचकटिया सम्मको सडक स्तरोन्नतिका लागि ग्राभेल गर्ने क्रममा व्यापक मात्रामा सालका रुखहरु काटिएको भन्दै स्थानीय जनताले गुनासो गरेका छन् । खलंगा जुम्ला सडक खण्डको रिसांङ क्षेत्रमा सडक निर्माण कर्ताले व्यापक मात्रामा सालका रुखहरु जथाभावी काटेको र यसवारे जिल्ला वन कार्यालयमा जानकारी गराउदा पनि कुनै चासो नदिएको लामा पाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष्ँ विर्खवहादुर कार्कीले वताए ।
कसैलाइ सुकेका काठ काट्दा पनि वन मुद्ध लगाउने तर कसैलाइ भने धेरै रुख काटिदा पनि कारवाहि नहुनु रहस्यमय रहेको उनले वताए । सडक स्तरोन्नतिका क्रममा साना मात्र नभइ ठुला ठुला सालका रुखहरु पनि काटिएको उनले वताए । वातावरणीय प्रभाव मुल्यांकण नै नगरि जथाभावी रुख काटिदा भविस्यमा पहिरो मात्र होइन सदरमुकाम खलंगाका लागि पानीको मुल सुक्ने खतरा रहेको उनको भनाइ छ । सडक छेउका रुखहरु जथाभावी काटने काम तिव्र वनेपनि वन कार्यालय लगाएतका सरोकारवाला निकाय मौन वसको उनले वताए । सडक निर्माणका क्रममा रिसाङ क्षेत्रका रुखहरु काटिदा सडक नै पहिरोको ठुलो जोखिममा पर्न सक्ने खतरा रहेको अध्यक्ष्ँ कार्कीले वताए । अहिले सम्म उक्त क्षेत्रमा सय भन्दा वढी रुखहरु काटिसकिएको उनले वताए । यस वारेमा सडक निर्माणको जिम्मा लिएको राजेन्द्र जलजला कन्सट्रक्सनका प्रोप्राइटर कमल विकसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । यस विषयमा सडक डिभीजन कार्यालय चौरजहारीका प्रमुख इन्जिनियर आशिस थापा मगरले सानो योजनामा वातावरणीय प्रभाव मुल्यांकनको जरुरी नपर्ने वताए ।
उनले उक्त क्षेत्रमा सडक निर्माण भन्दा पनि सडक चौडा गर्ने काम भएकोले धेरै रुखहरुको क्षति पनि नहुने वताए । विकास पनि खोज्ने सामान्य क्षति पनि वेहोर्न नसक्ने स्थानीयको व्यवहार उचित नभएको प्रमुख थापा मगरले वताए । उता जिल्ला वन कार्यालयका प्रमुख उपेन्द्र पटटेलले रिसांगमा वन फडानी भएको वारेमा अनुसन्धान गरिने वताए । सडक निर्माण कर्ताले वातावरणीय प्रभाव मुल्यांकण गरेको नगरेको वारेमा आफुलाइ थाहा नभएको भन्दै प्रमुख पटटेलले यसवारे आफुले तत्काल कर्मचारी खटाएर वास्तविकता वुज्न लागेको वताए । जिल्ला वन अधिकृत पवन पटटेलले स्थानीयहरुले भने जस्तो रुखहरु नकाटिएको वताए । उनले सडक निर्माताले गल्ती गरेर रुखहरु काटेको भए कारवाहिको प्रक्रिया पनि अघि वढाइने वताए ।



